News Category 2070/05/31

दुर्घटनामा एकको मृत्यु, अर्को घाइते

दैनिक समाचारदाता


दैनिक संवाददाता
राजविराज, ३० भदौं । 
पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको भारदहमा आईतवार भएको सडक दुुर्घटनामा एक जना साईकल यात्रीको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको बरमझिया गाविस ३ का ५५ वर्षिय मोहम्मद साहिल मंसुरी रहेको प्रहरीले जनाएको छ । 
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना.२च ४१६० नम्बरको भ्यानले विपरित दिशातर्फ जाूदै गरेको दुई साईकल यात्रीलाई ठक्कर दिदा सो दुर्घटना भएको हो । ठक्करबाट मंसुरीको घटनास्थलमै मृत्यु भएको र अर्का साईकल यात्री पोर्ताहा ५ का ३५ वर्षिय बौकु सरदार घाइते भएको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ । 
घाइते सरदारको भारदहस्थित शिव उपचार केन्द्रमा उपचार भईरहेको छ भने मृतक मंसुरीको शवलाई पोष्टमार्टमकालागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याईएको छ । ठक्कर दिने भ्यानका चालक फरार छन् भने सह चालक र भ्यानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट