News Category 2073/04/17

सरकारकै वेवास्ता कारण दशगजामा झडप भयो ः अध्यक्ष महतो

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १६ साउन । 
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भारतीय पक्षले दशगजामा बाँध बनाउने समस्या नेपाल सरकारको वेवास्ता कारण भएको आरोप लगाउनुभएको छ । 
सप्तरीको तिलाठी नजिकै दशगजामा भारतीय पक्षले नेपाली भूमि डुवानमा पर्ने गरि बाँध बनाउन खोज्दा भएको झडप स्थलको अवलोकन गर्दै संचारकर्मीहरुसँग आइतबार कुराकानी गर्दै उहाँले सो आरोप लगाउनु भएको हो । 
उहाँले दुई देशको सहमति बिना दशगजा क्षेत्रमा कुनै भौतिक संरचना बनाउनु हुँदैन् भन्नुहुँदै भारतसँग बेटीरोटीको सम्बन्ध रहेकोले दुबै देशका जनताहरु एकआपसमा भिड्नाले मामाले भान्जाको भान्जाले मामाको टाउँको फुटाउनाले दुःख आफैलाई हुने भन्नुभयो । 
उहाँले बाँध सम्बन्धि समस्या मधेशी नेताका कारण नभएको स्पस्ट पार्दै नेपाल सरकार यस समस्याप्रति संवेदनशिल नभएको आरोप लगाउनुभयो । अध्यक्ष महतोले नेपाल सरकारको नालायकपनका कारण भारत र नेपालका जनताका एकआपसमा भिड्ने अवस्था सृजना भएको उल्लेख गर्नुभयो । 
मधेशी जनतालाई नै सबैभन्दा बढी सीमा समस्या रहेको भन्दै उहाँले दुबै देशका जनताले समस्याको समाधान गर्न नसक्नेले समस्याको समाधान नेपाल र भारत सरकारबीचको समझदारीमा हुनुपर्नेमा जोड दिनुभयो । बाँध सम्बन्धि समस्या पुरानै भएकोले यस समस्यालाई दुई देशबीचको कुटनीतिक स्तरबाट समाधान गर्नुपर्ने उहाँको भनाई छ ।
अध्यक्ष महतोले बाढीपीडितलाई सरकारले राहत उपलब्ध नगराएको भन्दै सरकारले सदैव मेधशी जनतालाई उपेक्षित गर्दै आएको आरोप पनि लगाउनुभयो । उहाँले केपी ओली नेतृत्वको सरकारले मधेशी जनताको हितमा काम नगरेकोले ओली सरकार ढलाउन काँग्रेस माओवादी केन्द्रले सहयोग नमागे पनि अविश्वासकै पक्षमा मतदान गर्ने प्रस्ट पार्नुभयो । 
उहाँले एक अर्को प्रसङ्गमा व्याङ्ग गर्दै केपी ओलीले मधेशको मागप्रति आफु संवेदनशिल रहेको भन्दै मधेशबाट काठमाडौं बोलाए पछि ओलीसँग लव पर्छ की भनेकोमा केपी ओली मधेशको माग प्रति टसमस नभएपछि उहासँग लव पर्न सकेन् भन्नुभयो । 
गत बिहीबार तिलाठीमा नजिकै दशगजामा भारतीय पक्षले बाँध निर्माण गर्ने क्रममा भएको झडपमा तिलाठीका देवनारायण यादवसहित एक दजर्न नेपाली जनता घाइते भएका थिए । 
सद्भावना पार्टीका वरिष्ठ उपाध्यक्षद्वय मृगेन्द्र कुमार सिंह यादव र नवलकिशोर साहसहित जिल्ला अध्यक्ष सुनिल झा, केन्द्रिय सदस्य दिपेन्द्र चौधरी, दिनेश यादव लगायतका नेता तथा कार्यकर्तासँग उहाँ विवादस्पद दशगजा क्षेत्रको अवलोकन गर्न आउनु भएको हो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट