News Category 2073/04/18

बाढी प्रभावित गाविसका गर्भवति महिलाहरुलाई झुल वितरण

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १८ साउन ।
सप्तरीको बाढी प्रभावित गाविसहरुमा मंगलबार एक संस्थाले राहत स्वरुप सुपानेट झुल वितरण गरेको छ ।
स्वराज फाउण्डेशन बाढी पिडित कार्यक्रम काठमाण्डौले जिल्लाको रम्पुरा मल्हनिया ,सकरपुरा सहितका गाविसका गर्भवति तथा सुत्केरी महिलाहरुलाई सुपानेट झुल वितरण गरेको हो । 
काठमाण्डौमा विभिन्न क्षेत्रमा कार्यरत बौद्धिक व्यक्ति तथा संस्थाहरुबाट सहयोग जुटाएर फाउण्डेशनले सुपानेट मेडिकेटेड झुल वितरण गरेको हो । जिल्लाको सकरपुराका ८५ जना र ११५ जना गर्भवती तथा सुत्केरी महिलालाई टोलीले वितरण गरेका छन् । 
टोलीमा फाउण्डेशनका कासिन्द्र यादव, बिक्की यादव, सन्तोष लाभ, डा. शरद सिंह यादव, प्रवीणलाल दासलगायतका व्यक्तिहरु सहभागी भएका थिए । फाउण्डेशनले आगामी दिनहरुमा समेत आपतकालीन अवस्थामा मानवीय सहयोग गर्ने कार्यलाई जारी राख्ने फाउण्डेशनले जनाएको छ । राहत वितरण कार्यमा प्रहरी चौकी कोइलाडी बर्साइन र रम्पुरामल्हनिया प्रहरी चौकीले व्यवस्थापनमा सहयोग पुर्याएका थिए ।
त्यसैगरी सप्तरीको तिलाठी गाविसका बाढी प्रभावित परिवारलाई मंगलबार राहत स्वरुप विभिन्न खानेकुराहरु  वितरण गरेको छ ।
राष्टिूय मधेश समाजवादी पार्टीका भातृ संगठन समाजबादी विद्यार्थी संघको सहयोगमा तिलाठी गाविसका करिब २ सय परिवारलाई राहत स्वरुप मुरही ,चिउरा ,दालमोठ ,भुजिया ,कुरमुरे ,त्रिपाल ,बिस्कुट सहितका सामग्रीहरु वितरण गरेको हो ।
सो राहत वितरण समारोहमा राष्टिूय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डल र समाजवादी विद्यार्थीका केन्द्रिय अध्यक्ष ज्ञान झा लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट