News Category 2073/04/18

फोरम नेपाल मधेशी मोर्चासँग आवद्ध नरहेको दावी

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १८ साउन ।
सङ्घीय समाजवादी फोरम नेपालको जिल्ला कार्यसम्पादन समिती सप्तरीको मंगलबार सम्पन्न वैठकले विभिन्न निर्णयहरु गरिएको छ ।
पार्टीका जिल्ला अध्यक्ष दिनेश कुमार यादवको अध्यक्षता तथा केन्द्रिय नेताहरुको विशेष उपस्थितीमा सम्पन्न सो वैठकले तेश्रो मधेश आन्दोलनका पहिलो शहीद राजीव राउत लगायत सम्पुर्ण शहीदहरुको प्रथम पुण्य स्मृती दिवस यही भदौ १ गतेका दिन पार्टी क्षेत्रीय समिती क्षेत्र नंं. २ को आयोजनामा शहीद राजीव चौक(गोलम्बर) भारदहमा शहीद स्मृति दिवस मनाउने निर्णय गरिएको पार्टीका जिल्ला सचिव उमेश प्रसाद यादवद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । 
हस्ताक्षरित विज्ञप्तीमा मधेशी, आदिवासी जनजाती,दलित, शोषीत उत्पीडीत,उपेक्षीत र राज्यद्वारा विभेदमा पारिएका सम्पुर्ण जनसमुदायका मुतिmको लागि गठित संयुतm लोकतान्त्रिक  मधेशी मोर्चा, संघीय गठबन्धन क्रियाशील रहेको अवस्थामा तत्कालीन अवस्थामा सप्तरीमा गठन भएको मधेशी मोर्चा सप्तरी सँग संघीय समाजवादी फोरम नेपाल जिल्ला समिती सप्तरीको आवद्धता नरहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट