News Category 2073/04/20

कान नाक पाकेका बिरामीहरुको बृद्धि

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १९ साउन । 
इम्प्याक्ट नेपालद्वारा संचालित प्राथमिक कान उपचार केन्द्र राजविराजमा बिरामीहरुको संख्यामा ह्वात्तै बृद्धि भएको छ ।
बढ्दो गर्मीका कारण अहिले सो केन्द्रमा दिनहुँ कान पाकेको, ढुषि परेको तथा गुजी भएका बिरामीहरु ४० देखि १ सय सम्म आउने गरेको केन्द्रमा नरेश कुमार यादवले जानकारी दिनुभयो ।
उहाँका अनुसार गत आर्थिक वर्ष २०७२÷०७३ मा ८ हजार ४ सय ३२ जना बिरामीहरुले उपचार गराएको उहाँले जानकारी दिनुभयो । त्यस्तै पुराना २ हजार २ सय ४८ जना, श्रवण शुक्ति जाँच ७ सय ७४ जना र समान्य सरजरी ६९ जनाले गराएको यादवले बताउनुभयो ।
यसैगरी १२ हजार ७ सय ६६ जनालाई जनचेतना फैलाएको तथा मोवाईल एयर क्याम्पमा जिल्लाका विभिन्न स्थानका ६ हजार ३ सय ७२ जना बिरामीहरुलाई सेवा प्रदान गरेको जानकारी दिनुभयो । 
यस्तै सर्जरी रेफर १ हजार १ सय ३५ जनालाई गरिएको तथा अहिले बढदो गर्मीसँगै आँखा र कानका बिरामीहरुको संख्यामा बृद्धि भएको केन्द्रले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट