News Category 2073/04/23

डा. केसी बाढी पीडितको उपचारमा

दैनिक समाचारदाता

राजविराज÷सप्तरीका बाढी पीडितहरुलाई शनिबार डा. गोबिन्द केसीले निशुल्क स्वास्थ्य उपचार गर्नुभएको छ । जिल्लाको तिलाठी गाविसका बाढी पीडितहरुलाई त्यहास्थित विद्यालय प्राङ्गणमा उहाँले निशुल्क स्वास्थ्य उपचार गर्नुभएको हो । 
सप्तरीको उद्योग बाणिज्य संघको संयोजनमा तथा तिलाठीका यूवाहरुको आयोजनामा डा. केसीले त्यहाका करिब दुई बाढी पिडितहरुलाई हार्डजोर्नी तथा नसा सम्बन्धि रोगको उपचार गर्नुभएको छ । डा. केसीले आफैले विभिन्न औषधी, फलफुल लगायतका सामाग्रिहरु ल्याउनु भएको थियो । 
सरकारले स्वास्थ्य क्षेत्रमा दिइरहेको सेवा ग्रामिण भेगका जनताहरुमा पुग्न नसकेको गुनासो गर्दै डा. केसीले बाढी प्रभावित क्षेत्रमा आफूले मानवताको आधारमा सेवा गर्न आएको जिकिर गर्नुभयो । 
स्वास्थ्य क्षेत्रमा देखिएका बेथिती बिरुद्ध पटक पटक सत्याग्रह गर्नुभएका प्राध्यापक डा. केसी बाढी पीडितको उपचारका लागि आज सप्तरी आइपुग्नु भएको हो ।
यसैबीच डा. केसीले गरिब बालबालिकाका लागि शिक्षामा पहुँच हुनुपर्ने माग राख्र्दै गरिराख्नु भएको संघर्षप्रति उच्च सम्मान गर्दै तिलाठीका यूवाहरुले उहाँलाई शनिबार सम्मान समेत गरेको निरज झाले जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट