News Category 2073/04/25

कुपोषित बालबालिकाहरुको संख्यामा बृद्धि

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २४ साउन ।  
राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालद्वारा संचालित पोषण पुर्नस्थापन गृहमा कुपोषित बालबालिकाहरुको संख्यामा बृद्धि भएको छ ।
वि.स.२०६८ सालमा स्थापना भएको पोषण गृहमा हालसम्म ७ सय ४० जना बालबालिकाहरुको उपचार भइसकेको गृहकी प्रमुख रश्मि झाले जानकारी दिनुभयो । उहाँका अनुसार १० बेडको सो गृहमा दिनहुँ कुपोषित बालबालिकाहरुको संख्यामा बृद्धि हुदै गइरहेको छ । 
चालु आ.व. २०७३÷७४ को साउन महिनामा १५ जना कुपोषित बालबालिकाहरुको उपचार भइरहेको छ भने गत आ.व. २०७२÷७३ मा १ सय १० जना बालबालिकाहरु उपचार गराई घर फर्किसकेको प्रमुख झाले बताईन ।
हाल ९ जना कर्मचारीहरु कार्यरत पोषण पुर्नस्थापन गृहमा सप्तरीसहित उदयपुर, सिरहा, सुनसरी, मोरङ्ग र छिमेकी भारतको विभिन्न स्थानबाट समेत बालबालिकाहरु उपचारका लागि आउने गरेको उहाँले जानकारी दिनुभयो ।
कुपोािषत बालबालिका हरुलाई दुई हप्तादेखि चार हप्तासम्म गृहमा राखेर आमा र बच्चालाई खाना र बस्ने तथा बच्चालाई निको नहुन्जेलसम्म औषधि उपचार तथा पोष्टिकयुक्त आहार खानेकुराहरु गृहले नै व्यवस्था गर्दै आएको छ ।
पोषण गृहको तथ्याङ्कमा अनुसार श्रीमान् बिदेश भएका अभिभावकका बालबालिकाहरु बढी कुपोषणको सिकार हुने गरेको उल्लेख छ । बिदेशमा रहने श्रीमतिले बालबच्चाको उचित स्याहार सुसार ध्यान नदिने गरेको कारणले बढी कुपोषित हुने गरेको पोषणले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट