News Category 2073/04/26

करिब दुई वर्षपछि बेचनीले पाइन् न्याय

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २५ साउन ।
पटक पटक बोक्सीको आरोपमा कुटिएकी एक एकल महिलाले कबिर दुई वर्षपछि अदालतबाट न्याय पाएकी छिन् । 
पुनरावेदन अदालत राजविराजले सप्तरीको बोरिया गाविस ८ निवासी बेचनी देवी यादवलाई बोक्सीको आरोपमा कुटिपिट गरेका सोही स्थान निवासी शिवनारायण यादवलाई मंगलबार १५ दिन कैद र एक हजार जरिवानाको फैसला गरेको छ । 
पुनरावेदन अदालत राजविराजका मुख्य न्यायाधिश कुमार चुँडाल र न्यायाधिश उमेश सिंहको संयुक्त इजलासले सो फैसला गरेको हो । 
बेचनी देवी यादवलाई २०७१ साल असोज महिनामा बोक्सी भन्दै शिवनारायण लगायतले पटक पटक कुटपिट तथा गालि गलौज गरेपछि उनले अदालतमा मुद्दा दायर गरेकी थिइन । 
बेचनी देवीलाई कुटपिट गर्ने कार्यमा संलग्न शिवनारायणकी श्रीमती चनन देवी, छोरी रेणु कुमारी यादव, रामकुमार यादव र उनकी श्रीमती तपेश्वरी देवी यादवलाई भने अदालतले सफाई दिएको छ । पीडितका तर्फबाट अधिवक्ता बालकिशोर यादव र भरत यादवले बहस गर्नुभएको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट