News Category 2073/04/27

विवाद मिलाइ दिने भन्दै पचास हजार ठग्ने मुखिया पक्राउ

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २७ असोज । 
विभिन्न प्रलोभन देखाई ठगी गरेको आरोपमा सप्तरी प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
जिल्लाको रम्पुरा मल्हनिया ७ बस्ने ४८ वर्षिय श्याम सुन्दर मुखियालाई प्रहरीले पक्राउ गरेको हो ।
रम्पुरा मल्हनिया गाविस वाड न  ९ वस्ने नन्कु मुखिया र कोईलाडी गाविस वाड न ७ वस्ने शिब नारायण मुखियाको वादविवाद भई झैझगडा भएकोमा झगडिया शिव नारायण मुखियाको बिरुद्धमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा मुद्दा दर्ता गराई दिन्छु भनि रु पचास हजार रुपैया संकलन गरेका थिए । 
झगडिया नन्कु मुखिया सँग राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालको कम्पाउण्डमा श्याम सुन्दर मुखियाले प्रलोभनमा पारी रु पचास हजार रुपैया ठगी गरेको भन्ने जाहेरीको आधारमा निज मुखियालाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
पक्राउ परेका मुखियालाई ठगी मुद्दामा मुद्दा दर्ता गरी म्याद थप गरि अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।
साथै यस्ता दलाली प्रबृति बिरुद्ध सप्तरीका ४८ वटै प्रहरी ईकाईमा चेतनामुलक बोर्ड राखिएको तथा यस किसिमले आफुलाई कसैले ठगी गरेमा तत्काल प्रहरीलाई सुचना गर्न सम्पुर्ण सेवाग्राहीहरुलाई जिल्ला प्रहरी कार्यालय सप्तरीले अनुरोध समेत गरेको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट