News Category 2070/06/03

जिल्लामा ४ सय ६८ मतदान केन्द्र तोकियो

दैनिक समाचारदाता


दैनिक संवाददाता
राजविराज, २ असोज ।
संविधानसभा निर्वाचनका लागि सप्तरीको ६ वटै निर्वाचन क्षेत्रहरुको कार्यालय स्थापना भएको छ । 
जिल्लाको.वसविटी गाविस ७ स्थित गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा ६ वटै क्षेत्रको कार्यालय स्थापना गरिएको हो । 
असोज १ गते मंगलबारदेखी स्थापना भएको उक्त क्षेत्रिय कार्यालयहरुमा जिल्ला अदालतका ६ जना न्यायाधिशहरु निर्वाचन अधिकृत तोकिनु भएको छ । जिल्लाको ६ वटै क्षेत्रका लागि जिल्ला न्यायाधिश रामप्रसाद अधिकारीलाई मुख्य निर्वाचन अधिकृत तोकिएको छ भने उहाँले नै क्षेत्र नं. ३ को समेत जिम्मेवारी पाउनु भएको छ । 
यसैगरि क्षेत्र नं. १ का लागि चन्द्र बहादुर सारु, क्षेत्र नं. २ का लागि राजेन्द्र अधिकारी, क्षेत्र नं. ४ का लागि बद्री प्रसाद ओली, क्षेत्र नं. ५ का लागि तेजनारायण पौडेल र क्षेत्र नं. ६ का लागि कमलप्रसाद पोखरेललाई तोकिएको छ । 
कार्यालय स्थापना भएको ठिक एक दिनपछि जिल्लाको सम्पूर्ण क्षेत्रको मतदान केन्द्र संख्या समेत सोही कार्यालयमा टाँस गरिएको छ । जसअनुसार क्षेत्र नं १ मा ८६, क्षेत्र नं. २ मा ७४, क्षेत्र नं. ३ मा ८१, क्षेत्र नं. ४ मा ७५, क्षेत्र नं. ५ मा ७६ र क्षेत्र नं. ६ मा ७६ गरि जम्मा ४ सय ६८ मतदान केन्द्र तोकिएको छ । 
यसअघि निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय सप्तरीले गाउँ गाउँमा खटिने कर्मचारी तथा गाविस सचिवहरु गरी ८ सय जनालाई मतदाता शिक्षा सम्बन्धि तालिम दिएको छ ।
ती कर्मचारीहरु मध्ये ५ सय ६० जनालाई मतदाता परिचयपत्र बितरण र मतदाता शिक्षा सम्बन्धित घरदैलोमा प्रचार प्रसारमा खटाईने जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख प्रदीप साहले जानकारी दिनुभयो । 
त्यसैगरि गाविस सचिवहरुलाई निर्वाचन प्रभावकारी ढंगले सम्पन्न गराउन वातावरण बनाउनका लागि तालिम दिइएको उहाँले बताउनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट