News Category 2073/04/28

गाजासहित दुई महिला नियन्त्रणमा

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २७ साउन । 
सप्तरी प्रहरीले बिहीबार गाजासहित दुई जना महिलालाई नियन्त्रणमा लिएको छ । 
सप्तरीको बोरिया गाविस ७ स्थित एक चिया पसलबाट लागु औषध गाँजासहित एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
प्रहरीले स्थानिय पर्शुराम दासको चिया पसलमा शंकाको आधारमा खानतलासी लिँदा ३ वटा  प्लाष्टिकको प्याकेटमा प्याकिङ गरी बेच्न राखेको तयारी गाँजा फेला पारेको जनाएको छ । 
त्यस्तै प्रहरी पसलपछि घरमा समेत छापामार्दा दुई केजी तयारी गाँजा फेला परेको जनाएको छ । यता प्रहरीले पसलमा रहेकी पर्शुरामकी श्रीमती उर्मिला दासलाई आवश्यक अनुसन्धानका लागी  नियन्त्रणमा लिएको जनाएको छ भने घरधनी पर्शुराम दास फरार भएकाले निजको खोज तलास कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
यस्तै प्रहरीले बिहीबारै राजबिराज नगरपालिका ७ बस्ने ज्ञानेन्द्र चौधरीको घरमा शंका लागी चेकजाच गर्ने क्रममा करिब तीन केजी गाजा बरामद गरेको छ । 
बेच्न राखेको तयारी अवस्थामा फेला परेको गाजासहित प्रहरीले निजकी श्रीमती सुमिला देबी चौधरीलाई आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको जनाउँदै घरधनी ज्ञानेन्द्र चौधरी फरार रहेकोले खोजतलास कार्य भईरहेको प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट