News Category 2073/04/29

महिला शतिm नेपाल सप्तरी गठन

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २८ साउन । 
नयाँ शक्ति नेपालको शुक्रबार राजविराजमा सम्पन्न एक भेलाले महिला शतिm नेपाल सप्तरी जिल्ला कार्य समिति चयन भएको छ । 
सम्पन्न भेलाले चन्दा साहको नेतृत्वमा ३५ सदस्य महिला शक्ति नेपाल सप्तरी जिल्ला कार्य समिति चयन गरेको हो । 
यस्तै समितिका सदस्यहरुमा रेखा यादव, पार्वती चौधरी, नुरजान खातुन, मन्जु खड्का, सुधा देव, सिम्पल मण्डल, उर्मिला शरण, बसुन्धरा यादव, मिना मगर, गंगा विश्वकर्मा, चम्पा देवी राम,  संतोषी प्रमाणी, लालो खातुन, नागेश्वरी शर्मा, जमिला खातुन, मिना देवी साह, महिन्द्रा खंग दशनी देवी यादव लगायत ३५ सदस्य जिल्ला कार्य समिति चयन गरिएको छ । 
यसअघि नयाँ शतिm नेपालकी केन्द्रिय सचिवालय सदस्य माया बलले महिला सशतिmकरण बिना कुनै पनि समाजको विकास असम्भव रहेको बताउनु भएको छ । 
पार्वती चौधरीको अध्यक्षतामा आयोजित भेलामा नयाँ शतिm नेपालका केन्द्रिय कार्यकारी समिति सदस्य लक्ष्मी चौधरी, सप्तरी जिल्ला संयोजक छेदी रजक (बिमल), नेपाल प्रेस सोसाईटीका केन्द्रिय सदस्य तथा सप्तरी संयोजक नविन नरसिंह नेपाली, केन्द्रिय सदस्य प्रेम नारायण यादव, कमला गौतम, जिल्ला सदस्य डम्बर नारायण साह, विधार्थी संगठनका आनन्द यादव, ताज मोहम्मद, दिप नारायण साह लगायतले आ–आफ्नो विचार व्यतm गर्नु भएको थियो ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट