News Category 2073/04/29

सवारी दुर्घटनामा घाइते मध्ये एक भारतीय नागरिकको मृत्यु

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २८ साउन । 
सप्तरीको  हनुमाननगर योगिनियामाई नगरपालिका ६ मा बिहीबार भएको सवारी दुर्घटनामा परी गम्भिर घाइते मध्ये एकजना भारतीय नागरिकको शुक्रबार उपचारको क्रममा मृत्यु भएको छ । 
बि आर ५० ए ९४६१ नम्बरको भारतीय मोटरसाइकल र स १ ज ३६७ नम्बरको म्याजिक भ्यान आपसमा ठोक्किदा मोटरसाइकलमा सवार भारत मधुबनी नरेन्द्रपुर १० बस्ने राजदेब मण्डलको उपचारका क्रममा धरानमा मृत्यु भएको हो । 
यस्तै सोही ठाउँका सुर्य नारायण सदा र दर्पि मण्डल घाइते भएका थिए । घाइते दुवैको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यता ठक्कर दिने भ्यानका चालक फरार रहेकाले प्रहरीबाट खोजी कार्य भइरहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट