News Category 2073/05/04

कार्यालय प्रमुखहरुले सूचना दिने लिखित प्रतिबद्धता जनाए

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ३ भदौं ।
सप्तरीका सरकारी कार्यालयका प्रमुखहरुले सूचना दिने भन्दै लिखित प्रतिबद्धता गरेका छन् । 
सूचनाको हक सम्बन्धी ऐनलाई लिएर शुक्रबार राजविराजस्थित प्रमुख जिल्ला अधिकारीको निवासमा बसेको बैठकमा कार्यालय प्रमुखहरुले सूचना दिने भन्दै लिखित प्रतिबद्धता व्यक्त गरेका हुन् । 
सूचनाको हक सम्बन्धी ऐन अनुसार दिनुपर्ने हरेक सूचना प्रवाह गर्ने प्रतिबद्धता कार्यालय प्रमुखहरुले जनाउनुभयो । उहाँहरुले राष्ट्र, एकता, अनुसन्धानमा खलल पार्नेसहित ऐनले निर्दिष्ट गरे अनुसार नदिनेबाहेकका सबै सूचना दिने जानकारी दिनुभयो । 
राज्यका काम, कार्वाही लोकतान्त्रिक पद्धति अनुरुप खुल्ला र पारदर्शी बनाई नागरिकप्रति जवाफदेही र जिम्मेबार बनाउन सार्वजनिक निकायमा रहेको सार्वजनिक महत्वको सूचनामा आम नागरिकको पहुँचलाई सरल र सहज बनाउने प्रतिबद्धता उहाँहरुको रहेको छ  । 
निमित्त प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालयको अध्यक्षतामा बसेको बैठकमा सप्तरीका प्रायः सबै कार्यालयका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट