News Category 2073/05/04

सहिद सप्ताहमा निबन्ध प्रतियोगिता सम्पन्न

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ३ भदौं ।
संघिय समाजवादी फोरम नेपालले थालेको सहिद सप्ताह अन्तर्गत शुक्रवार सप्तरीको भारदहमा विद्यालयका बालबालिकाहरुका लागि निबन्ध प्रतियोगिताको आयोजना गरेको छ । 
तेश्रो मधेश आन्दोलनको एक वर्ष पुरा भएको अवसर पारेर समाजवादी विद्यार्थी फोरम सप्तरीले आयोजना गरेको उक्त निबन्ध प्रतियोगितामा भारदह स्थित ४ वटा विद्यालयका १० जनाको सहभागिता रहेको थियो । 
‘मधेश आन्दोलनमा बलिदानि र यसका उपलब्धी’ बिषयक निबन्ध प्रतियोगितामा इस्टर्न ज्योति इंग्लीश बोर्डिङ्ग स्कुलका अमित मिश्रले प्रथम स्थान हासिल गरे । त्यस्तै सरस्वती शिशु सदनका नितेश यादव दोश्रो तथा विपी मावि भारदहका आलोक मण्डलले तेश्रो स्थान हासिल गरेको समाजवादी विद्यार्थी फोरम सप्तरीका अध्यक्ष तारकेश्वर यादवले जानकारी गराए । 
प्रतियोगितामा शिशु कंकालनि स्कुल पोर्ताहाकी प्रिया यादव सान्तवना स्थान प्राप्त गर्न सफल रहिन । विजयी प्रतियोगिहरुलाई भदौ ५ गते भारदहमा आयोजना हुने विषेश कार्यक्रममा पुरस्कृत गरिने अध्यक्ष यादवले वताउनुभयो । 
उक्त अवसरमा संघिय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्यहरु शैलेन्द्र प्रसाद साह, अशोक यादव, जिल्ला अध्यक्ष दिनेश यादव, क्षेत्रीय संयोजक सिताराम महतो, नवनित झालगायतका नेताहरुको उपस्थिती रहेको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट