News Category 2070/06/04

एसपीलाई घुस दिन आउ“दा प्रहरी खोरमा

दैनिक समाचारदाता


दैनिक संवाददाता
राजविराज, ३ असोज ।
तस्करीका लागि लाइन मिलाइ दिनु प¥यो भन्दै सप्तरीका प्रहरी उपरिक्षक (एसपी) दिनेश अमात्यसँग कुराकानी गर्न आएका दुईजनालाई जिल्ला प्रहरी कार्यालय सप्तरीले नियन्त्रणमा लिएको छ । 
जिल्ला प्रहरी कार्यालय सप्तरीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरिक्षक अमात्यले ती दुईजनालाई आफूलाई रकमको प्रलोभन (घुस) दिन आएको भन्दै नियन्त्रणमा लिएको बताउनुभयो । 
घुस दिन आएका सप्तरीको मौवा ४ निवासी ३० वर्षिय घनश्याम मण्डल र सिरहाको माडर ६ निवासी ४० वर्षिय सुधन रौनियार साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 
दशैंको बेलामा तस्करीका लागि छुट दिनुप¥यो भन्दै बुधबार ती दुई व्यक्ति कार्यकक्षमै आएर सो प्रलोभन दिएको प्रहरी उपरिक्षक अमात्यले पत्रकारहरुलाई जानकारी दिनुभयो । 
प्रहरीले केही अघि मात्र गोप्य सूचनाको आधारमा सप्तरीको कुशहा ६ स्थित एक खाली घरबाट भन्सार छलेर ल्याएको करिब ४ लाख मुल्य बराबरकोे समान सप्तरीको कुशहा गाविसबाट बरामद गरेको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट