News Category 2073/05/08

कात्तिक १५ भित्र मानराजा खुल्ला दिसा मुक्त क्षेत्र घोषणा हुने

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ७ भदौं । 
सप्तरीको मानराजा गाविसमा खुल्ला दिसा मुक्त अभियान अन्तगर्त गाविस स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिको एक दिने अभिमुखीकरण कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।
युनिसेफको सहयोग तथा सप्तरी सामुदायिक विकास केन्द्र नेपालको आयोजनामा आयोजित सो कार्यक्रममा मानराजा गाविसलाई आगामी कात्तिक १५ गते भित्र खुल्ला दिसा मुक्त गाविस घोषणा गर्ने सामुहिक रुपमा स्थानीय सरोकारालाहरुले प्रतिवद्धता जनाएका छन ।
गाविस सचिव तथा समन्वय समितिका संयोजक रुन्दी लाल यादवको अध्यक्षतामा आयोजित सो अभिमुखीकरण कार्यक्रममा केन्द्रका अध्यक्ष शम्भुनन्द चौधरी, कार्यक्रम संयोजक राजेन्द्र यादव, सुपरभाईजर जितेन्द्र जितु लगायतका बक्ताहरुले चर्पीको महत्व बारेमा आ–आप्mनो धारणा राख्नुभएको थियो ।
सो अभिमुखीकरण कार्यक्रममा सहजिकरण जिविस सप्तरीका वास कार्यक्रम संयोजक मिथिलेश कुमार यादवले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट