News Category 2073/05/14

बारका पूर्व अध्यक्ष चौधरीको निधन

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १३ भदौं । 
पुनरावेदन अदालत बार एकाई राजविराजका पूर्व अध्यक्ष अधिवक्ता सुरेश कुमार चौधरीको सोमबार असामायिक निधन भएको छ । 
राजविराज वडा नं. २ पडरीया निवासी अधिवक्ता चौधरीको ५७ औं वर्षको उमेरमा उहाँका आफ्नै घरमा निधन भएको हो । 
उहाँ विगत एक महिनादेखी घाँटी सम्बन्धि रोगबाट बिरामी हुनुहुन्थ्यो । उहाको श्रीमती र दुई छोरा रहेका छन् । 
यसैबीच सप्तरी जिल्ला अदालत बार एकाई राजविराजका पूर्व अध्यक्ष दुर्गानन्द चौधरीले अधिवक्ता एवं पूर्व अध्यक्ष सुरेश चौधरीको आसामयिक निधनप्रति शोक व्यक्त गर्दै मृत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट