News Category 2073/05/31

असोज ३ मा आधा घण्टा ब्लायक आउट गरिने

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ३० भदौं ।
मधेशीहरुको माग नसमेटिएर २०७२ साल असोज ३ गते नेपालको नयाँ संविधान जारि भएको दिनलाई मधेशी मोर्चा सप्तरीले कालो दिनको रुपमा मनाउने निर्णय गरेको छ । 
यसैबीच मधेशी मोर्चा सप्तरीले असोज ३ गतेलाई कालो दिनको रुपमा मनाउनका लागि विभिन्न कार्यक्रमहरु घोषणा समेत गरेको छ ।
मधेशी मोर्चाका जिल्ला संयोजक नरेन्द्र प्रसाद यादवको अध्यक्षतामा बिहीबार सम्पन्न मोर्चाको एक बैठकले असोज २ गते राजविराज जेसिजमा अन्तरक्रिया कार्यक्रम गर्ने, ३ गते जिल्लाको सदरमुकाम राजविराजमा कालो झण्डा प्रदर्शन तथा बिरोध सभा गर्ने, हरेक घरमा साँझ ७ः३० देखी ८ बजेसम्म बत्ति निभाई ब्लायक आउट गर्ने र ४ गते निश्चित स्थानमा भेला भई अमर शहिदहरुप्रति श्रद्धाञ्जली प्रकट गर्ने लगायतका कार्यक्रहरु घोषणा गरेका छन् ।
साथै मधेशी जनताको हक अधिकारको आन्दोलन मधेशी जनताको अधिकार सुनिश्चितता नभएसम्म जारी हरने मोर्चाको ठहर रहेको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट