News Category 2073/06/01

संविधान दिवस मनाउने बारे बोलाइएको बैठक स्थगित

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ३१ भदौं । 
स्थानीय प्रशासनले असोज ३ गते संविधान दिवस मनाउने बारे राखेको शुक्रबारको बैठक संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीको दबाबपछि स्थगित भएको छ । 
जिल्ला विकास समितिको कार्यालयमा शुक्रबार बिहान ८ बजे सो बैठक बोलाइएको थियो ।  
मोर्चाका नेता गजेन्द्र कुमार मण्डलका अनुसार सप्तरीमा संविधान दिवस नमनाउने मोर्चाबाट दबाब सृजना भएपछि प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले सो बैठक स्थगित गर्नुभएको हो । 
यता प्रजिअ गौतमले संविधान दिवसमा ¥याली बाहेक सरसफाई र खेलकुदका कार्यक्रमहरु गरेर मनाइने जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट