News Category 2073/06/03

एकै दिन १३ कार्यालयका २ सय १० कर्मचारी अनुपस्थित

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २ असोज । 
एकै दिन सप्तरीका १३ वटा सरकारी कार्यालयहरुमा २ सय १० जना कर्मचारीहरु अनुपस्थित भेटिएका छन् । 
जिल्ला प्रशासन कार्यालय सप्तरीले आइतबार १३ सरकारी कार्यालयहरुमा गरेको छड्के जाँचको क्रममा उक्त संख्यामा कर्मचारीहरु अनुपस्थित भेटिएको हो । 
आइतबार बिहान १० बजेर १५ मिनेटमा जिल्ला प्रशासन कार्यालय सप्तरीका सहायक प्रजिअ रामेश्वर अर्याल नेतृत्वको टोलीले छड्के जाँच गर्दा ठूलो मात्रामा कर्मचारीहरु अनुपस्थिति भेटिएपछि कार्वाहीका लागि सम्बन्धित कार्यालयहरुलाई निर्देशन दिनुभएको छ । 
उहाँले ती कार्यालयहरुमा गरिएको छड्के जाँचका क्रममा राजपत्रांकित कर्मचारी ४१ जना र राजपत्र अनंकित एवं श्रेणीविहीन कर्मचारी १ सय ६९ जना अनुपस्थित रहेको र उपस्थित रहेका कर्मचारी मध्ये अधिकांश कर्मचारी पोशाक र परिचयपत्र बिहीन उपस्थिति पाइएको जानकारी दिनुभयो । 
कर्मचारी अनुपस्थित हुने कार्यालयहरु गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा २५ जना, जिल्ला जनस्वास्थ्य कार्यालयमा २० जना, जिल्ला विकास समितिको कार्यालयमा २२ जना, राजविराज नगरपालिका कार्यालयमा २० जना, जिल्ला वन कार्यालय १५ जना, जिल्ला पशु सेवा कार्यालयमा ९ जना, मालपोत कार्यालयमा १६ जना, शहरी विकास तथा भवन डिभिजन कार्यालय ७ जना, जिल्ला कृषि विकास कार्यालयमा ५ जना, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय २२ जना, जिल्ला प्राविधिक कार्यालय १६ जना, नेपाल विद्युत प्राधिकरण १२ जना र जिल्ला शिक्षा कार्यालय २१ जना अनुपस्थित भेटिएको पाइएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट