News Category 2073/06/05

हुकिङ गरि विद्युत उपभोग गर्नेलाई कारवाही

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ४ असोज ।
बिद्युत प्राधिकरणले हुकिङ गरि विद्युत उपभोग गरेकाहरुलाई पक्राउ गर्ने अभियानलाई तिब्रता दिएको छ । 
प्राधिकरण कार्यालय राजबिराज र जिल्ला प्रहरीका कार्यालयबाट खटेको संयुक्त टोलीले जिल्लाको विभिन्न स्थानहरुबाट हुकिङ गरी बिद्युत उपभोग गर्दै गरेका १० जनालाई विभिन्न उपकरणसहित पक्राउ गरेको छ । 
पक्राउ पर्नेहरुमा सप्तरीको शम्भुनाथ नगरपालिका निवासी २ का अनसारुल, मलेकपुर गाविस ६ बस्ने संजय कुमार यादव, ६ बस्ने तिलेश्वर यादव, गंगाराम यादव, रायपुर गाविस ३ बस्ने रामु साह, खोक्सर गाविस ३ बस्ने अनिल साह, कटैया गाविस १ बस्ने लिलाकान्त माझी, रायपुर २ बस्ने देबी मण्डल, शम्भुनाथ नगरपालिका २ बस्ने  मो. अफरोज र हर्दिया ७ बस्ने छोटेलाल चौधरी रहेका छन् । 
यस्तै पक्राउ परेकाहरुबाट पानी तान्ने मोटर १० थान, फ्यान १ थान र तार २ हजार मिटर बरामद गरेको प्रहरीले जनाएको छ ।
यता पक्राउ परेका ब्यक्तिहरुलाई बिद्युत बिद्युत ऐन अन्तर्गत कार्बाही हुने जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट