News Category 2073/06/13

कर्तव्य ज्यान मुद्दाका फरार तीन पक्राउ

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १२ असोज ।
फरार प्रतिवादी पक्राउ गर्ने सिलसिलामा सप्तरी प्रहरीले बुधबार ज्यान मार्ने उद्योगमा कैद सजाय भएका दुई तथा कर्तव्य ज्यान मुद्दाका फरार एकसहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ज्यान मार्ने मुद्दामा जिल्ला अदालतबाट ६ महिना १८ दिन कैद फैसला भएका सप्तरीको जोगिनियाँ गाविस हाल हनुमाननगर योगिनीमाई नगरपालिका २ बस्ने खुसीलाल मण्डल, सोही ठाउँका मिश्रीलाल मण्डल तथा हत्याका आरोपित लालापट्टी गाविस ७ बस्ने ३० वर्षिय पञ्चदेव खङग रहेका छन् । 
पक्राउ परेका मण्डलद्वयलाई प्रहरीले बुधबारै जिल्ला अदालतमा उपस्थित गराएको छ भने तीन महिना अघि हत्या भएका सप्तरी लालापट्टी गाविस ७ बस्ने ६५ वर्षिया सावित्रादेवी खङ्गको हत्याका आरोपित पञ्चदेवलाई प्रहरी कार्यालको हिरासतमा राखि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट