News Category 2073/06/14

जनस्वास्थ्यको दुई दिने समिक्षा गोष्ठी सुरु

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १३ असोज । 
स्वास्थ्य विभागका क्षेत्रिय निर्देशक डा. महेश खनालले सप्तरी जिल्लाको स्वास्थ्य स्थितीमा सुधारको आवश्यकता रहेको बताउनु भएको छ । 
बिस्तारित उत्कृष्ट केन्द्रहरुको छनौट तथा तथ्यमा आधारित जिल्लाको लगानी योजना सम्बन्धि दुई दिने समिक्षा गोष्ठीलाई सम्बोधन गर्नुहुँदै उहाँले सुधारको कुरा बताउनुभएको हो । 
सरकारले अस्पतालमा एवं स्वास्थ्य केन्द्रहरुमा बच्चा जन्मेपछि रु. ५ सय रुपैया प्रोत्साहन भत्ता दिने कुरा समेत जनताहरुलाई थाहा नभएकोमा दुःख व्यक्त गर्नुभयो । उहाँले अहिले पनि स्वास्थ्य क्षेत्रमा सरकारी सेवा सुविधा बारे जनताहरु अनभिज्ञ रहेकोमा यस्ता कुरालाई जनचेतना दिनुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो । 
जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीको आयोजना तथा युनिसेफको सहयोगमा आयोजित दुई दिने गोष्ठीमा जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख बिजय झाले जिल्लाको स्वास्थ्य अवस्था बारे प्रस्तुतीकरण गर्नुभएको थियो । 
गोष्ठीमा जिल्लाका सम्पूर्ण स्वास्थ्य केन्द्रका प्रमुख तथा कर्मचारी, जिल्लाका राजनीतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधिहरु, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट