News Category 2073/06/15

दशै, तिहार र छठको अवसरमा सुरक्षा ब्यवस्थापनमा कडाई

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १४ असोज । 
सप्तरी प्रहरीले दशैं, तिहार र छठ पर्वलाई मध्यनजर गर्दै सप्तरी जिल्लाको सुरक्षा व्यवस्थामा कडाई गरेको जनाएको छ । 
जिल्ला प्रहरी कार्यालय सप्तरीले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि सुरक्षा विषयलाई लिएर प्रहरी गम्भिर रहेको जनाएको छ । 
सप्तरीका प्रहरी उपरिक्षक भिम प्रसाद ढकालले तिनवटै चाडपर्बहरुमा कुनै पनि बिकृति, बिसंगति, घटना, एंव असुरक्षा जन्य परिस्थिति हुन गर्न नदिई अत्यन्त शान्तपुर्बक बाताबरण तयार पार्नका लागी जिल्ला प्रहरी कार्यालयले विभिन्न सुरक्षा ब्यवस्थापन मिलाएको जानकारी दिनुभयो । 
उहाँले दशै तिहार छठ पर्बको अवसरमा हुने पुजा, मेला, जमघट, आवत जावतका कार्यक्रमहरुमा भरपर्दो शान्ति सुरक्षा र अमनचयन कायम गर्ने, सम्पुर्ण सप्तरीबासीलाई तिनवटै चाडपर्बको अवसरमा प्रहरीसँग मिलेर जिल्लामा शान्ति सुरक्षा कायम गर्न अभिप्रेरित गर्ने र जिल्लामा पर्याप्त प्रहरी परिचालन गरी कुनैपनि घटनाहरु, हुलदंगा, मारपिट तथा अन्य घटनाहरु हुन गर्न नदिने दाबी गरेको बताइएको छ । 
प्रहरीले राजमार्गमा हुन सक्ने सवारी दुर्घटनालाई कमी ल्याउनका लागी हाल १० वटा पिकेट डिउटी रहेकोमा चाडपर्बलाई मध्यनजर गरी ७ वटा पिकेट डिउटी थप गरिएको जानकारी दिएको छ । 
यस्तै राजमार्गमा दैनिक मापसे चेकिङ, मुख्य राजमार्गमा ५ वटा गाडी मोबायल तथा ३ वटा मोटरसाईकलद्वारा नियमित गस्ती पट्रोलिङ, मुख्य राजमार्ग तथा सहायक राजमार्ग भएका भित्री बाटो र बजार क्षेत्रहरुमा जिप्रका तथा सम्बन्धीत ईलाका प्रहरी कार्यालय, प्रहरी चौकी तथा सुरक्षा बेस क्याम्पहरुबाट नियमित गस्ति, पिकेट, चेकिङको ब्यवस्था गरिएको जनाएको छ । 
यस्तै जुवातास बेश्याबृद्धी, मापसे, अश्लिल कार्यहरु नियन्त्रणको लागी  जिल्ला प्रहरी कार्यालय तथा  ईलाका प्रहरी कार्यालयहरुबाट छुट्टै बिशेष टोली परिचालन गरिने जनाइएको छ । सिमाक्षेत्रमा हुन सक्ने  अपराध र तस्करी रोक्न सिमाक्षेत्रमा रहेका प्रहरी ईकाईहरुलाई २४ सै घण्टा कृयाशिल राखिने बताइएको छ । 
यसैगरि राजबिराज बजारको सुरक्षका लागी थप पैदल गस्ति, मोबायल गस्ती, पिकेट, तथा चेकिङ को ब्यवस्था, मुख्य राजमार्ग, सहायक राजमार्ग र बजारमा ट्राफिक प्रहरीलाई थप कृयाशिल बनाई परिचालन गरिने जनाइएको छ । बिष्फोटक पदार्थहरु पटका, भुईचम्पा, आतिसबाजी आदी ओसारपसार र प्रयोगलाई नियन्त्रण गरिने उल्लेख छ । सवारी साधनहरुले सिट क्षमता भन्दा बढी यात्रु बोक्ने कार्यलाई नियन्त्रण गरिने बताइएको छ ।
यस्तै बजारमा कृत्रिम अभाव, कालोबजारी, मिसावट  गर्ने कार्य नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सरोकारवाला सम्पुर्ण निकायहरुको संयुक्त टोलीले बजार अनुगमन गर्ने कार्य  प्रभावकारी बनाईने दाबी गरिएको छ । 
यस्तै मठमन्दिरहरुको बिशेष सुरक्षा व्यवस्था गरिएको जनाइएको छ । सखडा मन्दिरमा बिशेष गरेर घटस्थापना, पन्चमी, सप्तमीका दिनमा  बढी भिड लाग्ने उक्त दिनहरुमा त्यस क्षेत्रमा सादा पोशाक तथा युनिफर्ममा समेत प्रहरीलाई परिचालन गरिने, मन्दिरको भित्री परिसर, बाहिरी परिसर र आवत जावत गर्ने  बाटो समेतमा गरी कुल १ सय २५ जना  प्रहरी परिचालन गरिने जनाइएको छ ।
यस्तै कंकालीमाई मन्दिर भारदहमा घटस्थापना तथा नवदुर्गा पुजाका दिनमा पुजा अर्चना तथा मेला लाग्ने हुदा उक्त दिन मन्दिरको भित्री परिसर, बाहिरी परिसर र आवत जावत गर्ने राजमार्ग  समेतमा गरी कुल ७५ जना प्रहरी परिचालन गरिने, राजविराजस्थित भगवति मन्दिरमा घटस्थापना  तथा नव दुर्गापुजाका दिनमा पुजा अर्चना तथा दर्शनार्थीहरुको भिड हुने हुदा उक्त दिन मन्दिरको भित्री परिसर, बाहिरी परिसर र आवत जावत गर्ने  स्थानहरुमा समेतमा गरी कुल ३५ जना प्रहरी परिचालन  गरिने, राजबिराजस्थित राजदेवी मन्दिर घटस्थापना तथा नवदुर्गा पुजाका दिनमा पुजा अर्चना तथा दर्शनार्थीहरुको भिड हुने हुदा उक्त दिन मन्दिरको भित्री परिसर, बाहिरी परिसर र आवत जावत गर्ने  स्थानहरुमा  समेतमा गरी कुल ३५ जना  प्रहरी परिचालन गरिने जनाइएको छ ।
यस्तै पैदल गस्ति १५ वटा गरि ७५ जना, गाडी मोबायल १० वटा गरि ५० जना, पिकेट डिउटी ४१ वटा गरि २०५ जना, राजमार्ग चेकिङ ११ वटा गरि ५५ जना, राजमार्ग गस्ति ६ वटा गरि ३० जना, सादा पोशाक ७ वटा गरि २१ जना, मापसे र जुवातास नियन्त्रण टोली ७ वटा गरि ३५ जान, बिशेष चेकिङ ११ वटा गरि ५५ जना, डिउटी अनुगमन टोली १५ वटा गरि ७५ जना प्रहरी परिचालन गरिने प्रहरी उपरिक्षक ढकालले जानकारी दिनुभयो ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट