News Category 2073/06/17

भन्सार छलेका सामानहरु भन्सार बुझाइयो

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १६ असोज । 
सप्तरी प्रहरीले आईतबार भन्सार छलेर ल्याउँदै गरेको सामानहरु भन्सार बुझाएको छ । 
जिल्ला प्रहरी कार्यालय सप्तरी र प्रहरी चौकी तिलाठीबाट खटिएको टोलीले शनिबार राती राजविराज नगरपालिका ८ कुनौली र तिलाठी गाविस ८ खाडो खोलाबाट व्यापारिक प्रयोजनका लागी भन्सार छलेर ल्याउदै गरेको बिभिन्न सामानहरु बरामद गरेको हो ।
बरामद सामानहरुमा विस्कुट, सुर्ती, अगरबती, भुजिया, चकलेट, चिनी, चियापत्ती र सातु रहेको छ। बरामद सामानहरु आइतबारै तिलाठी भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
यसैगरी प्रहरीको गस्ती टोलीले राजबिराज नगरपालिका ८ स्थित कुनौली रोडबाट ब्यापारिक प्रयोजनका लागि भारतबाट भन्सार छली नेपालतर्फ ल्याउदै गरेको अगरबत्ति २६ बण्डल, चनाको सातु २०केजी गरी करिब अन्दाजी १५ हजार मुल्य बराबरको अवैध सामान बरामद गरीएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यता बरामद मदिरा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट