News Category 2073/06/18

राजविराजमा फुटबल क्लिनिक संचालन हुने

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १७ असोज । 
युकेएडको आर्थिक सहयोगमा सर्च फर कमन ग्राउण्डले पहुँच परियोजना अन्तर्गत नेपाल प्रहरी र स्थानीय संस्था सबल नेपाल सप्तरीको सहकार्यमा तिन दिने हाम्रो टिम मैदानमा नामक फुटवल क्लिनिक आयोजना हुने लागेको छ ।
सबल नेपाल राजविराजमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरी सर्च फर कमन ग्राउण्डका सप्तरी फिल्ड संयोजक राजेश लोहनीले सो कुराको जानकारी दिनुभयो । 
सप्तरीको सरदमुकाम राजविराजमा मंगलबारदेखि आयोजना हुने सो फुटबल क्लिनिकमा जिल्लाका १६ देखि २९ वर्ष उमेर समुहका ६० जना युवा र २० जना प्रहरीको सहभागिता रहने तथा सो प्रतियोगिता असोज २० गतेसम्म संचालन हुने उहाँले जानकारी दिनुभयो ।
फुटबल क्लिनिक अभ्यासमा आधारित तालिम कार्यशालामा प्रहरी र युवबिच सकारात्मक संवाद स्थापनाको लागि भुमिका खेल्ने तथा सो विशेष क्रियाकलाप तथा खेलकुदको माध्यमबाट द्वन्द्व र शान्ति स्थापना, लैंङ्गिक, नेतृत्व, सहकार्य र संचारका विषयहरु बारेमा क्षमता अभिवृद्धि गरिने जनाइएको छ । 
यस्तै सो क्लिनिकको अन्तिम दिन मैत्रिपुर्ण फुटबल प्रतियोगिता आयोजना हुने तथा प्रहरी र युवाहरुको सम्मिश्रण रहने चार टिमले मैत्रिपुर्ण फुटबल खेल्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो । 
यसैगरी कार्यक्रम पश्चात नियमित रुपमा प्रहरी र समुदायका युवाहरु बिच संवाद गराउने, स्थानीय शान्ति सुरक्षाका रणनितिहरु तयार पार्ने तथा त्यसका लागि सहकार्यमा आधारित क्रियाकलाप गर्ने जस्ता कार्यक्रम यस पहुँच परियोजना अन्तर्गत रहने आयोजकले जनाएको छ ।
यस्तै प्रहरी र स्थानीय युवाहरुलाई समाजमा शान्ति र समुदायिक सुरक्षाको लागि सहकार्य गर्न प्रेरित गर्दै दुवै बिच विश्वास र सहकार्य बढाउनका लागि सो फुटबल क्लिनिकको लक्ष्य रहेको सबल नेपालका निर्देशक दिपक झाले बताउनुभयो ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट