News Category 2073/06/18

नाकको फुली बेचेर सनिचरी मरिकले चर्पी बनाईन

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १७ असोज । 
भनिन्छ त जहाँ ईक्छा त्यहाँ उपाय ठिक यस्तै सप्तरीको ब्रहमपुर गाविस ६ की सनिचरी देवी मरिक डोमले नाकको फुल बेचेर चर्पी बनाएकी छिन ।
सन् २०१६ भित्र सप्तरी जिल्लालाई र २०१७ मा नेपाललाई नै खुल्ला दिसा मुक्त बनाउने सरकारको लक्ष्य अनुरुप त्यहाँकी डोम महिलाको आर्थिक अवस्था कमजोर भएकाले आप्mनो नाकको फुलि समेत बेचेर घरमा चर्पी बनाएकी हुन ।
जिएसएफ र युएनह्याविटाटको सहयोग तथा सबल नेपालद्वारा संचालित खुल्ला दिसा मुक्त अभियान अन्तर्गत ब्रहमपुर गाविसमा पनि एक घर एक चर्पी निर्माण कार्यको थालनी भएपछि मरिकको आर्थिक अवस्था एक दममै कमजोर भएर पनि ईच्छा भएपछि नाकको फुकी बेचेर नै चर्पी बनाएको मरिकले बताईन । 
उहाँका अनुसार आप्mनो गाउँमा पनि एक घर एक चर्पी निर्माण कार्यको लहर शुरु भएपछि आफुले आफनो नाकको फुल बेचेर भएपनि चर्पि बनाएको तथा चर्पीमै गएर दिसा पिसाव फेर्ने गरेको बताईन । मरिकको यस्तो कार्य सप्तरी जिल्लाकै लागि उदाहरणीय र यसबाट सबै जनाले सीप सिक्नुपर्ने अवस्था रहेको छ ।
ब्रह्मपुर गाविसमा विगत लामो समयदेदेखि एक घर एक चर्पी निर्माण कार्य चल्दै आएको तथा सोही अनुरुप डोम जात्तिले पनि त्यहाँ घर घरमा चर्पी निर्माण कार्यको थालनी गरेको सबल नेपालका कार्यक्रम संयोजक परमेश्वर झाले जानकारी दिनुभयो । 
उहाँका अनुसार ब्रहमपुर सहित गम्हरिया प्रवाहा, पातो, औरही, कोचाबखारी, नर्घो, झुटकी, बनैनिया, मलेकपुर, छिन्नमस्ता, बनैनिया सहितका विभिन्न गाविसहरुमा तिव्र रुपमा एक घर एक चर्पी निर्माण कार्य संचालनमा छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट