News Category 2073/06/27

राजविराजबाट चोरी भएको मोबाईलसहित सिरहाबाट एक पक्राउ

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २६ असोज । 
सिरहा प्रहरीले सप्तरी जिल्लाबाट एक साताअघि चोरी भएको मोवाईल फोनसहित एक जनालाई पक्राउ गरेको छ । 
पक्राउ पर्नेमा सिरहा लहान नगरपालिका १९ बस्ने राजु भन्ने राजकुमार यादव छन् । यादवलाई इलाका प्रहरी कार्यालय लहानको टोलीले शुक्रबार दिउँसो २४ थान मोवाईल फोनसहित पक्राउ गरेको हो । 
यादवको साथबाट बिभिन्न ब्राण्ड २२ थान नयाँ तथा २ थान पुरानो मोवाईल फोन बरामद भएको थियो । प्रहरीले उनीसंग खरिद विल माग गर्दा देखाउन नसकेपछि उनलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा बरामद फोनहरु असोज २० गते राती सप्तरी राजबिराज नगरपालिका १ स्थित एक मोवाईल पसलबाट चोरी भएको खुल्न आएको थियो । 
यादवको साथबाट बसको टिकट र ४ थान सिमकार्डसमेत बरामद भएको छ । पक्राउ परेका यादवलाई थप अनुसन्धानकालागी एवं कारवाहीकालागी जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट