News Category 2073/07/02

भारतीय नागरिकको सात लाख लुटिए

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १ कात्तिक ।
कोशी पश्चिमी नहर सडक खण्ड अन्तर्गत सप्तरीको गम्हरिया प्रवाहा र झुटकी गाविसस्थित गजरा धार नजिक सोमबार दिउँसो एक भारतीय नागरिकको ७ लाख नगद लुटिएको छ ।
भारतको अन्रामण्ठ निवासी संतोष साह ७ लाख नगद लुटिएको हो । पातोमा भारतीय पैसा साट्न जाने क्रममा नम्बर नखुलेको प्लाटिना मोटरसाईकलमा आएर तीन जना युवाहरुले खुर्सानीको धुलो आँखामा छर्केर झोलामा रहेको नगद ७ लाख लुटेर फरार भएको पीडितले बताएका छन ।
यता रकम कसले र किन लुटेको खुल्न नसकेपनि लुटेराहरुको खोजी कार्य तिव्र रुपमा भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट