News Category 2073/07/09

ट्याक्टरको ठक्करबाट साइकलयात्रीको मृत्यु

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ८ कात्तिक । 
पूर्व पश्चिम राजमार्ग अन्तरगत सप्तरीको बक्धुवा ८ स्थित सडकखण्डमा ट्याक्टरको ठक्करबाट सोमबार एक साइकलयात्रीको मृत्यु भएको छ । 
पश्चिमबाट पूर्वतर्फ आईरहेको स.१.त ४९०७ न.को ट्याक्टरले सोहि दिशातर्फ आईरहेको साईकलयात्रीलाई ठक्कर दिएको हो । 
ठक्करबाट मृत्यु हुनेमा जिल्लाको बक्धुवा गाबिस १ निवासी ५० बर्षीय भरथी खंग रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
ठक्करबाट गम्भिर घाईते भएका खंगलाई धर्मेश्वर अस्पताल प्राथमिक उपचार पश्चात् थप उपचारको लागि सगरमाथा अंचल अस्पताल राजबिराज ल्याउदै गर्दौ बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । 
यता मृतकको शव अंचल अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ भने ट्याक्टर र चालकलाई ईलाका प्रहरी कार्यालय कन्चनपुरले नियन्त्रणमा राखेको जनाइएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट