News Category 2073/07/25

भारु पाँचसय र हजारको नोटमा रोकले नेपाली बजार पनि प्रभावित

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २४ कात्तिक । 
खुल्ला सीमानाका कारण नेपालमा भारतीय नोट भित्रिरहेको अवस्थामा भारत सरकारले मंगलबार मध्य रातीदेखी ५ सय र एक हजार भारतीय नोटको कारोबारमा रोक लगाएपछि अहिले नेपाली बजार समेत प्रभावित भएको छ । 
भारत सरकारले पाँचसय÷हजारको नोटको चलनचल्तीमा रोक लगाएपछि दुबै मुलुकका सीमावर्ती बजारमा यसको प्रत्यक्ष प्रभाव परेको छ । सीमावर्ती बजारमा पाँचसय÷हजार नोटको चलनचल्तीमा रोक लागेपछि बजार सुनसान अवस्थामा पुगेको छ । 
भारतीय नोटको कारोबारमा संलग्न मनिचेन्जर, अवैध कारोबार गर्नेहरू, भारतीय नोट सङ्कलन गरी बढी मूल्यमा बिक्री गर्नेबीच यतिखेर खैलाबैला मच्चिएको छ । ती कारोबारीहरुले भारतीय एक सयको नोटमा ३ देखी ६ रुँपैयासम्म बढी रकम लिएर नेपाली रकम दिने कारोबारमा एक्कासी ब्रेक लागेको छ । 
यता सीमावर्ती क्षेत्रमा नेपाली बासिन्दालाई भारततर्फ आवतजावत गर्नका लागि जोहो गरेर राखेका भारु पाँचसय र हजारका नोटको चलनचल्तीमा रोक लागेपछि उनीहरू बिच्चलीमा परेका छन् ।
भारत सरकारले आफ्नो जनतालाई डिसेम्बर ३० तारेखसम्म ५० दिनको अवधीसम्ममा पाँचसय÷एक हजारको नोट बैंकहरुबाट साटासाट गर्ने सेवा प्रदान गरेको छ भने सो अवधीमा समेत नोट साट्न सकिएन भने भारतीय रिजर्भ बैंकबाट सन् २०१७ को मार्च महिनासम्म सो बैंकमा बुझाएर नोट साट्ने बाटो खुल्ला राखेको छ । 
यता नेपाली जनतासँग रहेको भारतीय पाँचसय÷एक हजारको नोट साटासाट गर्ने उपायप्रति हालसम्म राष्ट्र बैंकले कुनै योजना नबनाएपछि नेपाली जनता आक्रोसित भएका छन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट