News Category 2073/07/27

बोलेरो दुर्घटनामा एकको मृत्यु, तीन घाईते

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २६ कात्तिक । 
पूर्व पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको मधुपट्टी गाबिस ९ स्थित सडक खण्डमा बोलेरो पिकअप भ्यान अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना गम्भिर घाईते भएका छन् ।
पूर्व पश्चिम लोकमार्गमा पूर्वबाट पश्चिम तर्फ जादै गरेको को.१.ज ८९०० नंम्बरको बोलेरो पिकअप भ्यान आफै अनियन्त्रित भई दुर्घटना हुँदा बोलेरोमा सवार सुनसरीको रामधुनी भासी नगरपालिका २ बस्ने वर्ष २२ को सतिस कटुवाल, सोही ठाउँ वडा न.५ बस्ने वर्ष २१ को  हरि कटुवाल, चालक १८ वर्षिय लक्ष्मी सुवेदी र नाम थर वतन नखुलेको अन्दाजी ४० वर्षको एक पुरुष गम्भिर घाइते भएका छन् । 
घाईते मध्ये चालक लक्ष्मी सुवेदीको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारको क्रममा शुक्रबारै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
घटना पश्चात् तत्काल ईलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरी टोलीले घाईतेको उद्दार गरी उपचारको लागि लाहान अस्पताल पठाइएकोमा त्यहाँ उपचार हुन नसकी चालक सुवेदी र नाम, थर नखुलेको व्यक्तीलाई थप उपचारको लागी न्युरो अस्पताल विराटनगर पठाइएको प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट