News Category 2073/08/04

उपसभामुख बिरुद्ध प्रधान न्यायधिश कार्कीलाई ज्ञापन

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ३ मंसिर । 
उपसभामुख गंगा प्रसाद यादवले न्यायालय समेतलाई छलि अपराधिक कार्य गरेको भन्दै प्रधान न्यायधिश सुशिला कार्की समक्ष ज्ञापन पत्र बुझाइएको छ ।
सप्तरीको १ न. जोगिनिया ६ हाल हनुमाननगर योगिनिमाई नगरपालिका १ बस्ने मोहन माझी यादवले उपसभामुख यादवले बुझाइएको ज्ञापनपत्रमा भनिएको छ, “म र मेरा बुवा चुनी माई झलाइ निर्मता पुर्वक कुटपिट गरेको निजलाई अदालतबाट कैद र जरिवानाको समेत सजाय भएको र निजलाई अदालतबाट पक्राउ गर्न आदेश दिएपनि अदालत समेतलाई छलि ३० वर्षदेखि पक्राउ नगरी अदालतको फैसला र कानुनलाई छलेर बसेका छन् ।”
बुझाईएको ज्ञापन पत्रमा उक्त फैसला कार्यान्वयन गर्नका लागि पुनरावेदन अदालत राजविराजमा परमादेशको आदेश जारी गर्नका लागि सप्तरी जिल्ला अदालतमा रिट दायर गरी २०७२ साल फाल्गुन ३० गतेमा परमादेश जारी भएपनि सो कार्यान्वयन हुन नसकेको उल्लेख गरिएको छ ।
त्यस्तै उपसभामुख पदमा रही निजले किर्ते जालसाज काम गरेको सम्बन्धमा निजको नियुक्ति अवैधानिक छ भनि उजुर परेकोमा सर्वोच्च अदालतबाट संवैधानिक इजलास कायम नभएको कारण सो मुद्दाको सुनुवाई हुन नसकेको भन्दै न्याय पाउनका लागि सप्तरी जिल्ला अदालतलाई तुरुन्त फैसला कार्यान्वयन गर्न आदेश पाउ र संवैधानिक इजलास गठन गर्न माग गरिएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट