News Category 2073/08/05

चित्रगुप्ता सेवा समितिद्वारा नौं जना सम्मानित

दैनिक समाचारदाता

राजविराज÷चित्रगुप्त सेवा समितिको ४७ औं साधारण सभा शनिबार राजविराजमा सम्पन्न भएको छ । 
जिल्लाको सबैभन्दा पहिलो संगठित रुपले स्थापना भएको उक्त संस्थामा चित्राश बालबालिकाहरुलाई छात्रवृति वितरणमा सहयोग गर्ने विभिन्न क्षेत्रका ८ जना चन्दादाता तथा एक जना युवा राजनीतिकर्मीलाई सम्मान समेत गरिएको छ ।
भौतिक संरचना निर्माण कार्यमा सहयोग गर्नेहरु रमेश कुमार साह, लालु प्रसाद अग्रवाल, सुदामा सिंह, सुनिल कुमार सिंह, राधा प्रसाद सिंह, शंकर कुमार दास, मनोज कुमार मुन्धडा र सवैभन्दा बढी १ लाख सहयोग गर्ने वैजनाथ लाल कर्णलाई सम्मान गरिएको सतिश दत्तले जानकारी दिनुभयो । 
त्यसैगरी युवा प्रतिभाको रुपमा छोटो समयमा राजनैतिकमा सक्रिय रहनु भएका तथा सदभावना पार्टीका राष्ट्रिय महासचिव मनिष कुमार सुमन र क्षेत्र न. ३ का सासंद उमेश कुमार यादवलाई समेत सम्मान गरिएको हो । यस्तै समितिले पुर्व अध्यक्षहरु रामबल्लव दास, राम कृष्ण दास र सत्य नारायण मल्लिकलाई समेत सम्मान गरिएको छ ।
चित्रगुप्त सेवा समितिका अध्यक्ष अशोक कुमार कर्णको अध्यक्षतामा आयोजित सो साधारण सभामा निवर्तमान सिंचाई मन्त्रि उमेश कुमार यादव, सप्तरी उद्योग बाणिज्य संघका अध्यक्ष अरुण प्रधान, सद्भावना पार्टी महासचिव मनिष कुमार सुमन, पत्रकार शिबहरी प्रसाद भट्राई लगायतका बक्ताहरुले आ–आफनो धारणा राख्नुभएको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट