News Category 2073/08/10

अस्पताल सुधारको माग गर्दै गजेन्द्रवादीका अध्यक्ष तिवारी भोक हड्तालमा

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ९ मंसिर । 
नेपाल सद्भावना पार्टी गजेन्द्रवादीका अध्यक्ष विकास तिवारी गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पताल सुधारको माग गर्दै बुधबारदेखी आमरण अनसनकामा बस्नुभएको छ ।  
अस्पताल बालमैत्री बनाउनुपर्ने, बिरामी बालबालिकालाई उपलब्ध हुने खानाको सुप्रबन्ध हुनुपर्ने, अस्पतालमा भर्ना हुने रोगीलाई स्वास्थ्य, पोषिलो खाना भरपेट उपलब्ध हुनुपर्ने, अस्पतालमा स्वच्छ पिउनेपानीको व्यवस्था हुनुपर्ने, अस्पतालको मूल गेटको निर्माण, नाक, कान, घाँटी, छाला रोग, शाडजोर्नी, मुटुरोग, रेडियोलोजिष्ट लगायतका चिकित्सक प्राविधिक उपलब्ध हुनुपर्ने माग रहेको छ । 
यस्तै अस्पतालमा प्रसुती गृह लगायत निर्माणधीन भवनहरुको निर्माण कार्य अविलम्ब पुरा हुनुपर्ने, चिकित्सकहरुका लागि आवासको व्यवस्था हुनुपर्ने, शल्य चिकित्सकसम्बन्धी सम्पूर्ण सामाग्रीको व्यवस्था हुनुपर्ने, अस्पतालका बेडहरुमा बेडसिट राखिनुपर्ने, वार्डहरुमा रहेका शौचालय तथा धाराहरु चालु गर्नुपर्ने, अस्पतालमा रहेका पंखा र झ्यालहरु मर्मत सम्भार हुनुपर्ने र एसीको व्यवस्था, अस्पतालको मूल गेटमा फोहर फालिने गरेकोले सोको तत्काल व्यवस्था गर्नुपर्ने, अस्पताल परिसरमा सँुगुर तथा अन्य जनावरको प्रवेश रोक्न उचित व्यवस्था, आवश्यक सुरक्षा गार्डको व्यवस्था हुनुपर्ने माग गर्नुभएको छ ।
यसैगरि अस्पताल परिसर, स्वास्थ्यपरीक्षण, उपचार कक्ष र वार्डहरुको नियमित दैनिक तिनपटक सफाई हुनुपर्ने, ठाउँठाउँमा फोहर संकलनका लागि डस्टबिन र कन्टेनर राख्नुपर्ने तथा डस्टबिन र कन्टेनरमा संकलन हुने फोहर दैनिक रुपमा उठाई व्यवस्थापन गर्नुपर्ने माग रहेको छ । 
यसअघि यी मागहरु मधेशी मोर्चा सप्तरीले गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पताल सूधारका निम्ति गत कात्तिक १२ गते अस्पताल प्रशासनलाई अल्टिमेटम समेत दिएको थियो । 
यस्तै अल्टिमेटसहित मोर्चाले सूचना उपलब्ध गराउन माग समेत गरेको थियो । माग गरिएको सूचनाहरुमा सरकारले उपलब्ध गराउने औषधीहरुको सूची अस्पतालमा टाँगिनुपर्ने, चिकित्सक, प्राविधिक एवं अन्य कर्मचारीहरुको दैनिक ड्युटी तालिका सार्वजनिक रुपमा जडान गर्नुपर्ने, आर्थिक वर्ष २०७२÷०७३ मा अस्पताललाई प्राप्त भएको बजेट र सोको खर्च विवरण उपलब्ध गराउनुपर्ने, अस्पतालमा स्वास्थ्य विभाग आपुर्ति महाशाखाको शेड्युल अनुसार आ.व.२०७२÷०७३ मा उपलब्ध विकास र साधारण शिर्षकमा प्राप्त बजेट तथा खर्च भएर जाने जिन्सी, नगदी आयव्यय विवरण उपलब्ध गराउनुपर्ने माग गरिएको छ । 
यसैगरी जिन्सी खाता अनुसारको सम्पुर्ण खर्च भएर जाने र खर्च भएर नजनो विवरण उपलब्ध गराउनुपर्ने, बिरामीलाई उपलब्ध गराईने खानाको विवरण र सोको ठेक्का बन्दोवस्ती विवरण उपलब्ध गराउनुपर्ने, सुत्केरी गर्भवतिका लागि पोषण खाना, लुगा इत्यादी प्रसुति सम्बन्धि आएको प्रत्येक महिनाको प्रोत्साहन भत्ता, परिवार नियोजन सम्बन्धि विवरण उपलब्ध गराउनुपर्ने तथा इमरजेन्सी र बाहिर चिकित्साका लागि उपलब्ध हुने औषधिहरुको लिष्ट उपलब्ध गराउनुपर्ने लगायतका माँगहरु अघि सारिएको छ ।
यसैबीच, अध्यक्ष तिवारीले अञ्चल अस्पतालमा शैयाको अभाव भएकाले अस्पतालमा तत्काल शैया थप्नुपर्ने जोड दिनुभएको छ । सो अस्पतालमा आजभोलि उपचारका लागि आउने बिरामीले पनि शैयाको अभावमा भुइँमै उपचार गराउन बाध्य रहेको अस्पतालले जनाएको छ । 
अस्पतालको आकस्मिक कक्षमा २५ वटा शैया रहेकाले अस्पतालमा उपचारका लागि दैनिक ५० देखि १०० जनासम्म बिरामीहरु आउने गरेकाले शैयाको अभावका कारण आजभोलि चिसोको समयमा भुइँमै उपचार गराउन बाध्य रहेको छ । 
यता आमरण अनसनको दोश्रो दिन अध्यक्ष तिवारीसहित केन्द्रिय सदस्य एवं सचिवालय सदस्य सावित्री पंडित, मधेशी मोर्चाका संयोजक सुबी यादव, जयसुन्दर खिडहरी यादव, सचिव प्रभाकर सिंह सहितकाहरु बसेका छन ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट