News Category 2073/08/10

राजविराज महोत्सव सुरु

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ९ मंसिर । 
राजविराज महोत्सव २०७३ को बिहिबार एक कार्यक्रमबिच उदघाटन गरिएको छ ।
वैष्णवी काली मन्दिर युवा समिति राजविराजको आयोजनामा आयोजित सो महोत्सवको प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले उदघाटन गर्नुभएको हो ।
राजविराजस्थित राजरंगशालामा अगामी मंसिर १९ गतेसम्म आयोजना हुने महोत्सवमा विभिन्न स्टलहरु समेत राखिएको छ । 
यसअघि विभिन्न विद्यालयका विद्यार्थीहरुको सहभागितामा एक ¥याली समेत निकालिएको थियो । ¥यालीले राजविराज नगरको परिक्रममा पश्चात् पुनः रंगशालामा पुगेको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट