News Category 2073/08/12

नवआगन्तुक एसपी लोहनीबाट पत्रकारलाई कुटपिट विभिन्न संचार संघसंस्थाबाट भत्र्सना

दैनिक समाचारदाता

राजविराज÷योग गुरु स्वामी रामदेव छिन्नमस्ता भगवतीको पुजा गर्न मन्दिर परिसरमा जाने क्रममा शुक्रबारै सरुवा भएर सप्तरी आएका प्रहरी उपरिक्षक दिवेश लोहनीले नेपाली पत्रकारलाई कुटपिट गरेका छन् । 
उनले मन्दिर परिसर भित्र भारतीय पत्रकार छिर्न दिए पनि नेपाली पत्रकारलाई रोक लगाउँदै कुटपिट गरेका हुन् । नेपाल पत्रकार महासंघ सप्तरीका कार्य समिति सदस्य चन्दन यादव र राससका सप्तरी प्रतिनिधी अरुण कुमार यादवलाई हातपात गर्दै कुटपिट गर्नुभएको छ भने आधा दर्जन पत्रकारलाई दुरवयवहार गरे । 
यता सो घटनाको नेपाल पत्रकार महासंघ सप्तरीले घोर भत्र्सना गर्दै स्थानीय प्रशासनसँग प्रहरी उपरिक्षक लोहनीलाई कारवाहीको माग गरिएको छ । महासंघका कार्यवाहक अध्यक्ष श्रवणकुमार देवद्वारा जारि विज्ञप्तिमा जनताको सेवा गर्ने प्रहरीले पत्रकारमाथी हातपात गर्नु अत्यन्त निन्दनिय कार्य भएको भन्दै प्रहरी उपरिक्षकलाई तत्कालै फिर्ता बोलाउन गृहमन्त्रालयसँग आग्रह गरिएको छ । सो माग पुरा नभए कडा आन्दोलन गर्ने विज्ञप्ति मार्फत चेतावनी दिइएको छ ।  
यसैगरि प्रेस मंच सप्तरीले समेत उक्त घटनाको भत्र्सना गरेको छ । मंचका सहसचिव ध्रुव मण्डलले शनिबारै एक विज्ञप्ति जारि गर्दै कानूनको पालना गर्नुपर्ने निकायले राज्यको चौथो अंग संचार जगत माथी निसाना साध्नु लाज्यास्पद रहेको जनाएका छन् । 
विज्ञप्तिमा समाचार संकलन गर्न नदिई गाली गलौज गर्नु अमर्यादित रहेको भन्दै प्रेस मञ्च सप्तरीका सचिव चन्दन कुमार यादवलाई प्रहरी प्रमुख दिवेश लोहनीले गरेको कामको निन्दा गरेका छन् । साथै विज्ञप्तिमा प्रेस स्वतन्त्रताका लागि सम्बन्धीत पक्षसँग हार्दिक अनुरोध गर्दै घटनाको छानविन गरी दोषीलाई कार्वाहीको माग गरिएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट