News Category 2073/08/16

हरिपुर गाविस जिल्लाकै पहिलो “पूर्ण विद्यालय भर्ना”

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १५ मंसिर ।
सप्तरीको हरिपुर गाविस जिल्लाकै पहिलो पूर्ण विद्यालय भर्ना घोषणा भएको छ । यसअघि हरिपुर गाविस जिल्लाकै पहिलो खुल्ला दिसा मुक्त क्षेत्र र पूर्ण खोप गाविस घोषणा भइसकेको छ । 
गाउँ बाल संरक्षण समिति हरिपुरको आयोजना जिल्ला शिक्षा कार्यालय सप्तरीको समन्वय तथा सेभ द चिल्ड्रेन र सबल नेपालको सहयोगमा बुधबार हरिपुर गाविसलाई पूर्ण विद्यालय भर्ना घोषणा गरिएको हो ।
कन्तलाल चौधरीको अध्यक्षता, जिल्ला शिक्षा अधिकारी डोलराज पाण्डेको प्रमुख आतिथ्यमा आयोजित घोषणा कार्यक्रममा सेभ द चिल्ड्रेनका अरुण कुमार महतो, सबल नेपालका निर्देशक दिपक झा, गाविस अध्यक्ष, विभिन्न विद्यालयका प्रअ लगायतको उपस्थिति रहेको थियो ।
सो गाविसमा चार वटा सामुदायिक विद्यालयहरु रहेका छन् । जस मध्ये एउटा आधारभूत र तीन वटा प्रावि रहेको छ । यस्तै ९ वटा बाल विकास केन्द्र रहेको छ भने ५ वटा समुदायमा आधारित र ४ वटा विद्यालयमा आधारित रहेको छ । 
उक्त गाविसमा ३ देखी ४ वर्षका बालबालिकाको संख्या २ सय १८, ५ देखी ९ वर्षका बालबालिकाहरुको संख्या ५ सय ६६, ५ वर्ष देखी १२ वर्षका बालबालिकाको संख्या ८ सय ५९ र १० वर्ष देखी १८ वर्षका बालबालिकाको संख्या ८ सय २५ रहेको आयोजक संस्थाले जनाएको छ । 
यस्तै सो गाविसमा विद्यालय जाने उमेर समूहका १ हजार २ सय ९७ जना बालबालिकाहरु रहेका छन् । जस मध्ये ३ सय ९४ निजि र ९ सय ३ बालबालिकाहरु सामुदायिक विद्यालयमा अध्ययनरत रहेका छन् । हाल गाविसमा १४ जना बालबालिकाहरु मात्र विद्यालय बाहिर रहेको सबल नेपालले दाबी गरेको छ ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट