News Category 2073/08/17

चार सय बोतल कोरेक्ससहित दुई पक्राउ

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १६ मंसिर ।
सप्तरी प्रहरीले बिहीबार लागु औषध कोरेक्ससहित दुई जनालाई पक्राउ गरेको छ । 
ईलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटेको प्रहरी टोलीले हनुमाननगर योगिनिमाइ नगरपालिका ८ मा चेकजाँच गर्ने क्रममा ४ सय बोतल कोरेक्ससहित दुई जनालाई पक्राउ गरेको हो । 
पक्राउ पर्नेहरुमा सोही नगरपालिका निवासी ४५ वर्षिय सिताराम चौधरी र ४० वर्षीय जगदिस सदा रहेका छन् ।्
उनीहरुले भारतबाट लुकाइछिपाई ल्याउदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिई आवश्यक कार्वाही गरि थप अनुसन्धान गरिरहेको जनाएको छ ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट