News Category 2073/08/30

स्थानीय निर्वाचनको मिति घोषणा हुन्छ ः प्रधानमन्त्री दाहाल

दैनिक समाचारदाता

दैनिक समाचारदाता
सिरहा, २९ मंसिर । 
प्रधानमन्त्री पुष्पकमल दाहालले अबको केही दिनभित्रै स्थानीय निर्वाचनको मिति घोषणा हुने बताउनुभएको छ । 
प्रेस सेन्टर नेपाल सिरहाद्वारा बुधबार लहानमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यसबारे तीन दलबीच गम्भीर रुपमा छलफल भइरहेकोले छिट्टै सहमतिमा निर्वाचनको मिति घोषणा हुने बताउनुभयो ।
प्रधानमन्त्री दाहालले सरकारको सम्पूर्ण ध्यान संविधान कार्यान्वयनप्रति केन्द्रित भएको बताउँदै राष्ट्रिय एकतालाई बलियो बनाउन सरकार क्रियाशील रहेको उल्लेख गर्नुभयो । 
मधेसी दललाई पनि विश्वासमा लिएर राष्ट्रिय एकतालाई बलियो बनाइ संविधान कार्यान्वयन गर्ने र निर्वाचनको वातारण बनाउनेतिर नै सरकारको ध्यान रहेको बताउनुभयो । उहाँले संसद्मा दत्र्ता गराएको संविधान संशोधन प्रस्ताव सरकारले कुनै पनि हालतमा फिर्ता नलिने तर त्यसमा सकारात्मक परिमार्जन भन्ने गर्न सकिने जिकिर गर्नुभयो । 
मधेसबाट चुनाव जितेकाले मधेसप्रति आफ्नो ठूलो जिम्मेवारी रहेको प्रसंगमा उहाँले मधेसका जिल्लामा खानेपानी, बिजुली, सडकलगायतका पूर्वाधार निर्माणतर्फ सरकारले प्याकेजसहित काम अघि बढाएको जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट