News Category 2073/09/01

८ वर्षिय बालकको अपहरणपछि हत्या, तीन पक्राउ

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ३० मंसिर । 
सप्तरीका एक ८ वर्षिय बालकको अपहरणपछि हत्या गरिएको प्रहरीले जनाएको छ । 
हत्या भएको २० दिनपछि जिल्ला प्रहरी कार्यालय सप्तरीले बालकको शव शौचालयको सेप्mटी ट्याङकबाट बरामद गरेकोपछि विहीबार पत्रकार सम्मेलनको आयोजना गरि सो घटना बारे सार्वजनिक गरेको हो ।
प्रहरीले अपहरण र हत्यामा संलग्न भएको आरोपमा ३ जनालाई नियन्त्रणमा समेत लिएको छ । सप्तरीका प्रहरी उपरीक्षक दिवेश लोहनीले सप्तरीको हरिपुर गाविस ३ का रामगोविन्द साहका ८ वर्षीय छोरा दुर्गानन्दको अपहरणपछि हत्या भएको जानकारी दिनुभयो । 
प्रहरीले अपहरण र हत्यामा संलग्न भएको आरोपमा हरिपुर ३ का चुडामणि ठाकुर, हरिपुर १ का सामबाबु गुप्ता र देउरी गाविस २ का कपिलदेव दासलाई नियन्त्रणमा लिएको जनाएको छ । 
उहाँले छिमेकी चुडामणि ठाकुरले गत मंसिर ११ गते साँझ ६ बजे बालक दुर्गानन्दलाई खरायो देखाइदिने भन्दै अपहरण गरि आप्mनो घर लगेको प्रहरीको अनुसन्धानले देखाएको बताउनुभयो । 
प्रहरी उपरीक्षक लोहनीले ठाकुरले अन्य दुई सहयोगीले बालक दुर्गानन्दलाई सोही दिन राति मुख थुनेर हत्या गरि छिमेकी पन्नेलाल साहको शौचालयको सेफ्टी टयाङकीमा लुकाएको बताउनुभयो भयो । 
अपहरण र हत्या गरेको ६ दिन पछि ठाकुरले बालक दुर्गानन्दकी आमा ममतादेवीलाई मोबाइलमा पाँचलाख रुपैयाँ नदिए र प्रहरीलाई खबर गरे बालकको ज्यान लिने भन्दै एसएमएस पठाएका थिए । 
यता ठाकुरले म्यासेज पठाउनु अघि ११ गते नै दुर्गानन्दको हत्या गरिसकेको उपरीक्षक लोहनीले बताउनुभयो । 
प्रहरीले कल डिटेल र आधुनिक प्रविधि प्रयोग गरी हत्यामा संलग्न आरोपीहरुलाई पक्राउ गर्न सफल भएको प्रहरीले दाबी गरेको छ । 
यसैबीच शौचालयको सेफ्टी ट्याङकीमा फेला परेका बालकको शवलाई पोष्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको प्रहरी नायब उपरिक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट