News Category 2073/09/06

गाविस सचिव बिरुद्ध बभनगामाकट्टीका स्थानियद्वारा जिविसमा उजुरी

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ५ पुस । 
सप्तरीको बभनगामाकट्टी गाविसका जनताहरुले सचिव गाविस जाने नगरेको र विकासीय बजेटहरु समेत पारदर्शी नगरेको भन्दै मंगलबार जिल्ला विकास समिति सप्तरीमा उजुरी दिएका छन् ।
गाविसका करिब तीन दर्जन जनताले सामूहिक रुपमा गाविस सचिव दशरथ मण्डलबिरुद्व जिविस सप्तरीमा उजुरी दिएका हुन् । 
सचिव नहुँदा कामकाज प्रभावित भइरहेको तथा विकासीय अनुदान रकम हालसम्म निकासा भएको या नभएको भन्ने कुरा समेत उनीहरुलाई जानकारी नभएको बताउँदै उनीहरुले रकम निकासा भएको या नभएको सम्बन्धमा नागरिक वडा मंच र नागरिक सचेतना केन्द्रका पदाधिकारी समेतलाई जानकारी नभएको बताएका छन् ।
उजुरीमा नगरिक वडा मंच वडा नम्बर ६ की संयोजक पुनम कुमारी यादव, वडा नम्बर ५ का प्रेम कुमार राउत, वडा नम्बर ४ का भगवती मण्डल समेतले उजुरीमा हस्ताक्षर गरेका छन् । 
उजुरीमा सचिवले हालसम्म आगामी बर्षका लागि योजना समेत नबनाएको र हतारमा परिषद् गर्ने मनसायमा रहेको हुँदा सचिवलाई झिकाएर सत्यतथ्य बुझ्न माग गरिएको छ । यसो नगरिए पुस १२ गतेदेखि गाविस कार्यालयमा ताला लगाउने उनीहरुले चेतावनी दिएका छन् ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट