News Category 2073/09/09

हुनै लागेको बालविवाह रोकिए

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ८ पुस । 
सप्तरीमा शुक्रबार हुँदै गरेको एक बालविवाह महिला बालबालिका सेवा केन्द्र र इन्सेकको पहलमा रोकिएको छ । 
जिल्लाको देउरी भरुवा गाविस ५ की १५ वर्षीया बालिका र सुनसरी अर्नामा गाविसका २० वर्षीय मो. आरिफ मन्सुरीबीच हुन लागेको सो बालविवाह रोकिएको हो । 
कक्षा ७ मा अध्ययनरत बालिकाको विवाह पुस १४ गते निश्चित भएको भन्ने जानकारी पुस ७ गते प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयको सहयोगमा बालिका र निजकी आमालाई पुस ८ गते नियन्त्रणमा लिईएको थियो ।
बालिका र उनका परिवारका सदस्यहरुलाई बालविवाहले पार्ने असर र कानुनी प्रावधानबारे जानकारी दिदै मनोविमर्श गरेपछि उनीहरु विवाह स्थगित गर्ने निष्कर्षमा पुगेको प्रहरी नायब उपरिक्षक दानबहादुर कार्कीले बताउनुभयो । 
बालिकासँग विवाह गर्न तयार युवकलाई जिल्ला प्रहरी कार्यालय झिकाइएको र उ नआउन्जेल सम्मका लागि बालिकाकी आमालाई दैनिक हाजिरमा राखिएको प्रहरी नायब उपरिक्षक कार्कीले बताउनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट