News Category 2073/09/14

नयाँ १४ किर्तिमानसहित भारत्तोलन सम्पन्न सेना प्रथम, प्रहरी दोश्रो र पूर्वाञ्चल तेश्रो

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १३ पुस । 
सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत राजविराजमा संचालित पुरुष तथा महिला भारत्तोलनमा १४ वटा नयाँ किर्तिमान कायम गर्दै बुधबार सम्पन्न भएको छ । 
प्रतियोगिताका क्रममा विभिन्न तौल समुहमा गरी १४ वटा नयाँ किर्तिमान कायम भएको भारत्तोलन संघका केन्द्रिय सचिव तिलक वहादुर राउतले जानकारी दिनुभयो ।
सम्पन्न प्रतियोगितामा नेपाली सेनाले ६ स्वर्ण, ८ रजत र १ कास्य सहित १५ पदक, नेपाल प्रहरीले ६ स्वर्ण, ३ रजत र ३ कास्य सहित १२ पदक, पूर्वाञ्चलले २ स्वर्ण, २ रजतसहित ४ पदक ल्याएर क्रमशः प्रथम, दोश्रो र तेश्रो स्थान प्राप्त गरेका छन् । 
यस्तै मध्येपश्चिमाञ्चलले १ स्वर्ण र ३ कास्य सहित ४ पदक ल्याएर चौथो र १ रजत र ४ कास्य गरी ५ पदक ल्याएर सुदुरपश्चिमाञ्चलले पाचौ स्थान पाएको छ । यसैगरी मध्यमाञ्चलले १ रजत र २ कास्य, पश्चिमाञ्चलले २ कास्य ल्याएका छन् । 
भारत्तोलन प्रतियोगितामा पहिलो पटक सहभागिता जनाएको अर्को विभागिय टोली सशस्त्र प्रहरीले भने कुनै पनि पदक ल्याउन सकेन । 
प्रतियोगिताको अन्तिम दिन वुधवार सम्पन्न पुरुषतर्फ १०५ केजी तौल समूहमा नेपाल प्रहरीका गगन चन्दले २१४ केजी भार उठाएर स्वर्ण पदक जितेका छन् । सो तौल समुहमा नेपाल प्रहरीकै विपेन्द्र महर्जनले २१३ केजी उठाएर रजत तथा मध्यमाञ्चलका मो. अस्ताकि हुसैनले १९७ केजी उचालेर कास्य पदक जितेका छन् ।
यस्तै पुरुषतर्फको प्लस १०५ केजी तौल समुहमा नेपाली सेनाका पुकार गुरुङ्गले २५९ केजी तौल उचालेर स्वर्ण पदक प्राप्त गर्दै नयाँ किर्तिमा कायम गरेका छन् । सन २०१५ मा सम्पन्न एशियन च्याम्पियनसिपमा स्न्याचतर्फ १२३ केजी उचालेर वनाएको आफनै रेकर्ड विस्थापित गरी उनले नयाँ रेकर्ड वनाएका हुन् । उनले वुधवारको खेलमा स्न्याचतर्फ १२४, क्लिन एण्ड जर्कतर्फ १३५ केजी उठाएका थिए । सोहि तौल समुहमा मध्यमाञ्चलका राजिव महर्जनले २०३ केजी उचालेर रजत तथा सुदुरपश्चिमाञ्चलका सुभाष उपाध्यायले २ सय केजी उचालेर कास्य पदक प्राप्त गरेका छन् । 
प्रतियोगिता समाप्तीपछि आयोजित पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश प्रसाद दाहाल, राष्ट्रिय खेलकुद परिषदका कोषाध्यक्ष सुरेन्द्र हमाल, प्रमुख जिल्ला अधिकारी वलदेव गौतम, कृष्ण दल गणका गणपति गजेन्द्र वोहोरा, भारत्तोलन संघ सप्तरीका अध्यक्ष महेश यादव, सशस्त्र प्रहरी वल सिमा सुरक्षा कार्यालय राजविराजका एसपी जयवहादुर खड्का लगायतले विजयी खेलाडिहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट