News Category 2073/09/20

ढोलबाजा बजाएर “एमाले विदाई समारोह” गरिदै ः अध्यक्ष महतो

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १९ पुस । 
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले एमाले मुक्त मधेश अभियानका लागि मधेशका जनता ढोलबाजा बजाएर एमाले विदाई समारोह गर्न लागेको दाबी गर्नुभएको छ । 
प्रेस मञ्च सप्तरीले मंगलबार बिहान राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा सो दाबी गर्दै उहाँले गाउँ गाउँमा अहिले मधेश र मधेशी बिरोधी एमाले पार्टीलाई विदाई गर्न सबै लागिपरेको बताउनुभयो । 
अध्यक्ष महतोले एमाले संसदीय प्रक्रिया अवरुद्ध गर्ने र गैरसंसदीय चरित्र बोकेको पार्टी भएको आरोप समेत लगाउनुभयो ।
संसदमा संविधान संशोधनका लागि एमाले नै वाधक रहेको प्रस्ट पार्दै अध्यक्ष महतोले चुनावको बेला एमालेले संविधानमा मधेशी जनताको हक अधिकार सुनिश्ति गर्ने भनेर भोट लिएर अहिले उनीहको माग प्रति उदासिन रहेको आरोप लगाउनु भयो । 
कांग्रेस, एमाले र माओवादी केन्द्रमा लागेका मधेसीहरु गुलाम भएको आरोप लगाउँदै सद्भावना अध्यक्ष महतोले ती पार्टीमा रहेका मधेसी मधेसका सबभन्दा ठूलो दूश्मन भएको आरोप लगाउनुभयो । उहाँले संविधान बनाउने बेलामा तीन दलले सहकार्य गरेर संविधान निर्माण गरिसकेपछि संशोधन गर्ने बेलामा एमाले किन पछि हटेको भन्ने प्रश्न समेत गर्नुभयो । 
संयुक्त लोकतान्त्रि मधेशी मोर्चाका नेता समेत रहेका महतोले नेपालीलाई समान अधिकार र अवसरका लागि संविधान संशोधन एक मात्र विकल्प रहेको बताउँदै उहाँले संशोधन नभएसम्म यसको कार्यान्वयन हुन नसक्ने दावी गर्नुभयो । अध्यक्ष राजेन्द्र महतोले कसैले आफ्नो पार्टीबाट मधेसी शब्द हटाउँदैमा मधेसीको हक अधिकारको आन्दोलन नरोकिने बताउनुभयो ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट