News Category 2073/09/21

संशोधन प्रस्तावना अगाडी नबढेसम्म कुनै पनि चुनाव मान्य नहुने ः रामसपा सचिव मण्डल

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २० पुस । 
राष्ट्रिय मधेश समाजवादी पार्टीका केन्द्रिय सचिव गजेन्द्र कुमार मण्डलले परिमार्जन सहितको संशोधन प्रस्तावना अगाडी नबढेसम्म कुनै पनि चुनाव मान्य नहुने बताउनुभएको छ ।
रामसपाका भातृ संगठन समाजबादी युवा लिगद्वारा बुधबार राजविराजमा आयोजित कार्यकर्ता भेटघाट तथा “बर्तमान राजनीतिक तथा संगठनको अबस्था र भावि रणनीति” बिषयको एक दिने छलफल कार्यक्रममा प्रमुख अतिथिको आसन्नबाट उहाँले सो कुरा बताउनुभएको हो ।
उहाँले देशमा शान्ति स्थायीत्व र संविधान कार्यान्वयनको लागि मधेशी, जनजाती, आदिवासी सहित सम्पुर्ण उत्पिडनमा परेका समुदायहरुको मांग सम्बोधन हुनुपर्ने जरुरी रहेको बताउँदै त्यसो नभए मुलुक ठूलो दुर्घटनातर्फ जाने निश्चित रहेको जिकिर गर्नुभयो । 
उहाँले पार्टीका सम्पुर्ण भातृ संगठनका पदाधिकारीहरुलाई सांगठित रुपमा तयारी गरी अगामी आन्दोलनको तयारीमा लाग्न समेत अनुरोध गर्नुभयो ।
युवा लिगका जिल्ला अध्यक्ष शैलेश कुमार यादवको अध्यक्षतामा आयोजित सो कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य बिरेन्द्र साह, जिल्ला अध्यक्ष शतिस कुमार सिंह, युवा लिगका केन्द्रीय संयोजक रणधिर सिंह, जिल्ला उपाध्यक्षद्वय उपेन्द्र चौधरी, जुगेशवर मण्डल, युवा लिगका केन्द्रीय उपाध्यक्षद्वय मुकेश कर्ण, भबेश मिश्रा, केन्द्रीय युवाका महासचिव संजिब साह, केन्द्रीय सचिव मनसारुल हक, केन्द्रीय सचिव भुपेन्द्र यादव, जिल्ला सचिव श्रवण यादव, युवा लिगका जिल्ला उपाध्यक्ष नरेश कुमार मण्डल, जिल्ला सदस्य सुरेश पटेल लगायतकाहरुको उपस्थिति रहेको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट