News Category 2073/09/24

सप्तरीमा ६ नगरपालिका र ६ गाउँपालिका हुने सप्तकोशी र कंचनरुप जोडिए, पातो र बरसाईन थपिए

दैनिक समाचारदाता

राजविराज÷अब सप्तरीमा ६ नगरपालिका र ६ गाउँपालिका हुने भएको छ । पातो र बरसाइन नगरपालिका थपिएको छ भने सप्तकोशी र कंचनरुप नगरपालिकालाई जोडेर सप्तकोशी कंचनरुप नगरपालिका बनाइएको छ । यसअघि सप्तरीमा राजविराज, शम्भुनाथ, हनुमाननगर योगिनीमाई, सप्तकोशी र कंचनरुप गरि पाँच नगरपालिका कायम थियो । 
यस्तै ६ गाउपालिकामा बेल्ही चपेना, खड्क, छिन्नमस्ता, महुँली, सुमङ्ग र तोपा गाउँपालिका बन्ने भएको छ । 
स्थानीय निकायको पुनःसंरचना गर्न गठित ‘गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोगले ७ सय १९ स्थानीय तहसहितको सरकारलाई बुझाएको प्रतिवेदनमा सप्तरी सम्बन्धि सो कुरा उल्लेख छ । 
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा आयोगका अध्यक्ष बालानन्द पौडेलले संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेमार्फत सरकारलाई सो प्रतिवदेन बुझाएका हुन् ।
सरकारलाई बुझाइएको उक्त प्रतिवेदनमा चार महानगरपालिका, १२ उपमहानगरपालिका, २ सय ४१ नगरपालिका र ४ सय ६२ गाउँपालिका गरी ७ सय १९ स्थानीय तहको व्यवस्था गरिएको छ भने वडाको संख्या ६ हजार ५ सय ५३ रहेको छ ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट