News Category 2073/09/25

एक साताका लागि विद्यालयहरु बन्द

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २४ पुस । 
अत्याधिक चिसो बढेका कारण सप्तरीका सामुदायिक विद्यालयहरु एक साताका लागि बन्द गरिएको छ । 
चिसोले जनजीवन कष्टकर बन्न थालेपछि सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरिएको शिक्षक महासंघ सप्तरीका अध्यक्ष फुलेश्वर मण्डलले जानकारी दिनुभयो । 
आईतबारदेखि शुक्रबारसम्म विद्यालय बन्द रहने तथा माघ १ गते माघे संक्रान्ति हुने र २ गतेदेखि विद्यालय संचालन हुने उहाँले जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट