News Category 2073/10/02

सप्तरीमा थपिए दुई र जोडिए एक नगरपालिका नगरपालिका र गाउँपालिको संख्या ६÷६

दैनिक समाचारदाता

राजविराज÷स्थानीय निकायको पुनःसंरचना गर्न गठित ‘गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोगले सप्तरीमा ६ नगरपालिका र ६ गाउँपालिका बनाएको जनाएको छ । 
सप्तरीमा राजविराज, शम्भुनाथ, हनुमाननगर योगिनीमाई, सप्तकोशी  कंचनरुप, बोदेबर्साइन र पातो नगरपालिका भएको छ ।
जसमा पातो र बरसाइन नगरपालिका थपिएको छ भने सप्तकोशी र कंचनरुप नगरपालिकालाई जोडेर सप्तकोशी कंचनरुप नगरपालिका बनाइएको छ । यसअघि जिल्लामा पाँच नगरपालिका कायम थियो । 
यस्तै बेल्ही चपेना, खड्क, छिन्नमस्ता, महुँली, सुरुङ्गा र तोपा गाउँपालिका भएको  छ । 
यता राजविराज नगरपालिकाको वडा नं. १ र ६ लाई एउटै वडा बनाइएको छ भने बोरिया, इटहरी विष्णुपुर, विषहरिया, देउरी भरुवा, फर्सैठ, मलेठ, दिघवा, बसबिट्टी र जमुनी मधेपुरा गाविसलाई गाभिएको छ ।  
यस्तै राजविराज नगरपालिकामा १८ वटा वडा बनाइएको छ भने कुल जनसंख्या ८५ हजार २ सय ६५ राखिएको छ ।
सप्तकोशी कञ्चनरुप नगरपालिकामा सप्तकोशी र कञ्चनरुपको सम्पूर्ण वडा र बक्धुवा गाविसलाई गाभिएको छ भने वडा नम्वर ११, ४, ५, ६, ८, ९ र १० छुट्टाछुट्टै वडा कायम गरिएको । वडा नम्वर २ र ७ वडा मानिएको छ भने वडा नम्वर १ र ३ मिलेर एउटा वडा भएको छ । उक्त नगरपालिकाको जनसंख्या ७८ हजार १ सय ८७ कायम गरिएको छ ।
यस्तै हनुमाननगर योगिनीमाई नगरपालिकामा रम्पुरामल्हनियाँ, कोइलाडी, को.बर्साइन, हनुमाननगर योगिनीमाई, त्रिकौलको वडा नम्वर १ देखि ८ सम्मलाई एउटा वडा, मधवापुर, भारदह, पोर्ताहा र बैरवा गाविसलाई समावेश गरि एक–एक वडा मानिएको छ । डाढा वडा नम्वर १ देखि ४ सम्मलाई एउटा वडामा गाभिएको छ । उक्त नगरपालिकाको कुल जनसंख्या ६८ हजार १ सय ८५ कायम भएको छ । वडा संख्या १४ राखिएको छ ।
यसैगरि शम्भुनाथ नगरपालिकामा रायपुर, तेरहौता, सितापुर, हरिहरपुरलाई गाभिएको छ । रायपुरको वडा नम्वर १ देखि ५ सम्म एक वडा र वडा नम्वर ६ र ९ लाई मिलाएर एउटा वडा बनाईएको छ । शम्भुनाथको वडा नम्वर ८, १० र ११ लाई एउटा वडा, ४ र ९ एक वडा, वडा नम्वर ५ र ६ एक वडा, वडा नम्वर १ र २ लाई एउटा वडामा राखिएको छ । कुल ११ वडा मानिएको उक्त नगरपालिकाको कुल जनसंख्या ५४ हजार ४ सय ५ कायम गरिएको जनाईएको छ ।
यस्तै नयाँ बनेको बोदेबर्साइन नगरपालिकामा बेल्ही, मौवाहा, रामनगर, रौतहट, मल्हनियाँ, धनगढी, नेगडा, सारस्वर, फूलकाही, बोदेवर्साइन र मानराजालाई राखिएको छ । कुल जनसंख्या ५३ हजार ७ सय ८३ भएको छ । वडा संख्या १२ भएको जनाइएको छ । 
यस्तै अर्को नयाँ पातोलाई नगरपालिकापालिका कायम गरी काचन, देउरी, खडकपुर, तरही, भुतही, पातो, कबिलासा, ब्रहम्पुर, औरही, गम्हरिया प्रवाहा, पत्थरगाडा, कटैया, अर्नाहा र बनौला गाविसलाई गाभिएको छ । १४ वटा वडा कायम भएको उक्त गाविसको कुल जनसंख्या ६२ हजार ३ सय ८४ भएको छ ।
यसैगरि महुली गाउँपालिकामा जण्डौल, प्रसवनी, डिमन, गोइठी, लोहजरा, मैनाकडेरी र डाढालाई राखिएको छ । डाढाको वडा नम्वर ५ देखि ९ सम्म एउटा वडा बनाईएको छ । उक्त गाउँपालिकाको कुल जनसंख्या ३१ हजार १ सय ९९ भएको छ । वडा संख्या ७ ओटा बनाईएको छ ।
अर्को बेल्ही चपेना गाउँपालिकामा बनैनियाँ, झुटकी, नर्घो, बेल्ही चपेना, सिम्राहा सिङ्गियोन, मलेकपुर गाविसको वडा नम्वर १ देखि ६ सम्म, ७ देखि ९ सम्म एक एक वडा बनाईएको छ । कटैयाको वडा नम्वर १ देखि ७ सम्मलाई एउटा वडा मानिएको छ । उक्त गाउँपालिकामा ८ ओटा वडा कायम गरिएको छ । कुल जनसंख्या ३६ हजार ८ सय ९८ कायम भएको छ ।
यसैगरी छिन्नमस्ता गाउँपालिकामा लालापट्टी, बरही बिरपुर, कोचाबखारी, छिन्नमस्ता, कोचाबखारी, फकिरा, लौनियाँ र तिलाठी गाविसलाई गाभिएको छ । लालापट्टीको वडा नम्वर १ देखि ७ सम्मलाई एउटा वडा मानिएको छ । कोचाबखारीको वडा नम्वर १ देखि ८ सम्म एउटा वडा तथा लालापट्टीको वडा नम्वर ८, ९ र कोचाबखारीको वडा नम्वर ९ लाई एउटा वडा बनाईएको छ । उक्त गाउँपालिकाको कुल जनसंख्या ४१ हजार १० कायम भएको छ ।
खडक गाउँपालिकामा बनौली, ईनर्वा फुलबडिया १ देखि ८ सम्म एक वडा, मैन्हासहश्रवाहु वडा नम्वर १ देखि ९ सम्म र इनर्वाफूलबडियाको ९ नम्वर वडालाई एउटा वडा बनाईएको छ । कल्याणपुरको वडा नम्वर १ देखि ३ सम्मलाई एक वडा वडा नम्वर ४ देखि ९ सम्मको एउटा वडा बनाईएको छ । खोजपुर, पन्सेरा, बनरझुला र सिस्वालाई समेत खडक गाउँपालिकामा राखिएको छ । कुल वडा संख्या ९ कायम गरिएको छ । खडक गाउँपालिकाको ४४ हजार ५ सय ९६ भएको छ ।
यसैगरी तोपा गाउँपालिकामा पकरी, बथनाहा, भगवतपुर, बभनगामा कट्टी, महदेवा, को. मधेपुरा र सकरपुरालाई राखिएको छ । वथनाहा १ देखि ३ सम्म एक वडा तथा वडा नम्वर ४ देखि ९ सम्म एक वडा बनाईएको छ ।
यस्तै सुरुङ्गा गाउँपालिकामा पटेर्वा, टिकुलिया, हरिपुर, मल्हनमा, मधुपट्टी, दौलतपुर, पिप्रा पश्चिम, हर्दिया र कुशहालाई गाभिएको छ । पटेर्वाको ७, ८ र ९ लाई एउटा वडा तथा वडा नम्वर १ देखि ६ सम्मलाई एउटा वडा मानिएको छ । १० ओटा वडा मानिएको उक्त गाउँपालिकाको कुल जनसंख्या ४२ हजार ६ सय २५ भएको छ ।
यस्तै खडक गाउँपालिकामा बनौली, ईनर्वा फूलबडिया, मैन्हासहश्रबाहु, खोजपुर, पन्सेरा, बनरझुला, सिस्वा र कल्याणपुर गाविसलाई राखिएको छ । उक्त गाउँपालिकाको ४४ हजार ५ सय ९६ कायम भएको छ । खडक गाउँपालिकामा वडा संख्या ९ कायम गरिएको छ । ईनर्वा फूलबडिया वडा नम्वर १ देखि ८ सम्म, मैन्हासहश्रवाहु १ देखि ९ सम्म र ईनर्वा फूलबडियाको वडा नम्वर ९ समेत गरी एउटा वडा कायम गरिएको छ । कल्याणपुरको १ देखि ३ सम्म एक वडा तथा वडा ४ देखि ९ सम्मलाई एउटा वडा कायम गरिएको छ । खोजपरु, पन्सेरा, बनरझुला र सिस्वा गाविसलाई एक–एक वडा कायम गरिएको छ । कुल जनसंख्या ४४ हजार ५ सय ९६ राखिएको छ ।
७ सय १९ स्थानीय तहसहितको सरकारलाई बुझाएको प्रतिवेदनमा सप्तरी सम्बन्धि सो कुरा उल्लेख छ । 
सरकारलाई बुझाइएको उक्त प्रतिवेदनमा चार महानगरपालिका, १२ उपमहानगरपालिका, २ सय ४१ नगरपालिका र ४ सय ६२ गाउँपालिका गरी ७ सय १९ स्थानीय तहको व्यवस्था गरिएको छ भने वडाको संख्या ६ हजार ५ सय ५३ रहेको छ ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट